नेपाली भिजन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको काठमाण्डैमा १४ देखि १७ सेप्टेम्बर सम्म हुने बिश्व सम्मेलनमा अष्ट्रेलियाका गणेश केसी ले केन्द्रिय सचिब पदमा उमेद्वारी दिने घोषणा गरेका छन । केसीले ३ अक्टोवर मंगलबारका दिन सिड्नीमा एक प्रेस कन्फ्रेन्स गर्दै आफ्नो उमेद्वारी घोषणा गरेका हुन ।
अघिल्लो कार्यकालका लागि सचिब पदमा झिनो मतले पराजित भएका केसीले गएको दूई बर्षमा बिना पद पनि एनआरएनएमा उत्तिकै सक्रिय रहेका थिए । “थोरै मतले मैले काम गर्न पाईन तर एनआरएनए प्रतिको माया, काम गर्ने मेरो इच्छालाई कसैले रोक्न सकेन, एनआरएनएलाई बुझेर स्थापना कालदेखि नै यस गरीमामय संस्थाको हितमा कार्य गर्दै आएकाले म सँधै झन बढि सक्रिय र समय दिएर संस्थाको चौतर्फी हितमा कार्य गर्दै आएको छु” - केसीले बताए । उनले संस्थाको सचिब पदमा नै बसेर काम गर्ने इच्छा भएकाले यस पटकको बिश्व सम्मेलनमा सचिब पदमा नै उमेद्वारी दिने बताएका छन ।
अष्ट्रेलिया एनआरएनएका लागि केसी एक अभियान्तका रुपमा परिचित नाम हो । सन् २०११ - २०१३ का लागि एनआरएनए अष्ट्रेलियाकको अध्यक्ष भएर कार्य गरीसकेका केसी को सबै भन्दा सफल कार्यकाल भनेर चर्चा गरीने गरीन्छ । केसीकै कार्यकालमा पहिलो पल्ट अष्ट्रेलियाले, एनआरएन अन्तर्राष्ट्रिय क्षेत्रिय सम्मेलनको सफल र भब्य आयोजना गरेको थियो । नेपाल फेष्टिभल, एनआरएनए भवन काठमाण्डौमा निर्माण गर्न करोड भन्दा बढि रकम संकलन, एनआरएनए अष्ट्रेलियाले दुःख बिराम र मरी मराउ हुँदा सहयोग प्रदान गर्नका लागि स्थापना गरेको सामाजिक कल्याण कोशको स्थापना गरी भागवत पुराण लगाएर रु. एक करोड भन्दा बढिको आर्थ संक्लन गरी कोशको स्थापना गर्ने लगायत दर्जनै साना ठूला परियोजनाहरु केसीले सफल बनाएका थिए । केसीकै कार्यकालमा नेपालका लागि हाईड्रोमा संयूक्त लगानी जस्ता कार्यक्रमहरुमा अष्ट्रेलियाबाट उल्लेखनिय सहभागिता जुटाएका थिए ।
मिलनसार, कम बोल्ने काम बढी गर्ने सरल र सहयोगी स्वभावका केसी अष्ट्रेलियाको नेपाली समुदायमा एक सफल व्यवसायी समेत हुन । अन्तर्राष्ट्रिय एनआरएनए अध्यक्ष शेष घले जस्ता राम्रा व्यक्तिहरुलाई एनआरएएमा ल्याउनु पर्छ, अध्यक्ष बनाउनु पर्छ भनेर अभियान चलाउने मूख्य व्यक्ति समेत केसी हुन । सन् १९९५ मा अष्ट्रेलिया गएका केसी नेपाली समुदायका पहिलो बित्तिय सल्लाहकार व्यवसायी समेत रहेका थिए । केसी ले अष्ट्रेलियाको नेपाली समुदायमा लामो समय देखि आर्थिक, सामाजिक सहयोग गर्दै आएका छन । समाजसेवामा अत्याधिक समय दिने केसी स्थानिय संघ सस्थामा नेतृत्वदायी भूमिका निर्बाह गर्दै एनआरएनए अष्ट्रेलियाको अध्यक्ष समेत भएका हुन । सन् २००१ मा नै अष्ट्रेलियाको नेपाली समुदायमा पुराने मानिने संस्था एनएडिएफको अध्यक्ष समेत भएका केसी, एनआरएनए अष्ट्रेलियाको कार्यसमितिमा सदस्य, एनएसडब्लु संयोजक, सल्लाहकार, संरक्षक हुँदै सन् २०१३ - २०१५ कार्यकालका लागि आईसीसी सदस्य समेत रहेर कार्य गरेका छन् । केसीले गएको बर्ष मात्र मेलेशिया एनआरएएका लागि सामाजिक कल्याण कोसको योजना बनाउँदै त्यसका लागि अन्तर्राष्ट्रिय संयोजक भएर रु. एक करोड भन्दा बढि अर्थ संकलन गराएका थिए । केसीले आफ्नो उमेद्वारी सशक्तरुपमा प्रस्तुत गर्दै कार्य योजना समेत पस्तुत गरेका छन ।
केसीका योजनाहरु
- नेपाली यूवाहरुलाइ अन्तर्राट्रिय स्तरतको गुणस्तरीय सिपमूलक बनाउन एनआरएको भूमिका र दायीत्वमा जोड दिने,
- सबै एनसीसीलाई आर्थीक र संस्थागत मजबुद बनाउन कार्य गर्ने,
- एक एनसीसी एक लगानि र रोजगारको श्रृजना,
- गुणस्तरीय सिपमुलक बैदेशिक रोजगारी बृद्धि गर्न नेपाल सरकार बिच सहकार्य गर्ने,
- एनसीसी र आईसीसी बिचको सम्बन्ध मजबुत गराउने,
- बैदेशिक रोजगरीमा भएको बिक्रिती सुधार्न जोड दिर्न,
- एनआरएनएको आफ्नै भवन निर्माण र लारपाक पुर्नरनिर्माण लगायतका संचालित पयिोजनालाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्ने ।
केसीले केहि बर्ष देखि नेपालको मैतिदेबिमा हस्पीटालिटिमा गुणस्तरीयता बढाउनु पर्छ भन्ने उदेश्यका साथ प्यासिफक हस्पिटालिटि कलेज समेत संचालनमा ल्याएका छन । अष्ट्रेलियन कलेजबाट संबन्धप्राप्त सो कलेज एनआरएनहरुले लगानि गरेको एक उदाहरणी कलेज समेत हो ।
एनपिसीसी अष्ट्रेलियाका सल्लाहकार समेत रहेका केसी डेमोक्रेटहरुका आधिकारीक सचिबका उमेद्वार हुने देखिएको छ । यस अघिको निर्बाचनमा पनि उनि नै आधिकारीक रहेका थिए । अनुभबि र कार्यशिल केसी यस पटकको निर्बाचनमा आफूले बिजयी प्राप्त गर्नेमा बिश्वस्त रहेका छन । उनले संसारभरमा रहेका नेपालीहरु संग सहयोगका लागि अपिल समेत गरेका छन ।