नेपाली भिजन यूथ अफ द मन्थः सचिन वेन्जनकर


Date:2016-08-10
नेपाली भिजन । मानिसको जीवन आफैमा एउटा चुनौती हो । तर प्रायः हरेक चुनौतीले सँगसँगै अवसरको सम्भावना पनि जीवित राखेको हुन्छ । त्यही जीवित सम्भावनाहरुलाई जीवन वनाउन मानिसले खोजी तथा अध्ययन गर्न जरुरी छ । यस्तै खोजी, अध्ययन र मिहिनेतले चुनौतीलाई अवसरमा वदल्न सफल नेपाली समुदायका एक युवाको नाम हो सचिन वेन्जनकर ।
 
नेपालमा ललितपुर जिल्ला, पिता हिराकाजी र माता चन्द्रमायाको कोखवाट जन्म लिएका सचिन हाल अष्ट्रेलियामा राज्य तथा राष्ट्रिय स्तरको खेलमा एम्पायरको काम गरिरहेका सम्भवत एक मात्र नेपाली हुन । ललितपुरको आदर्श विद्या मन्दिरवाट विद्यालय तथा काठमाण्डौं ईन्ष्टिच्युट अफ साईन्स एण्ड टेक्नोलोजीवाट कलेज तहको अध्ययन गरेका सचिनलाई सानैदेखि खेल तथा खेलाडीहरुमा विशेष चासो तथा रुची थियो । सानैदेखि विभिन्न खेलहरुमा सक्रिय सहभागिता जनाउँदै आएका उनीसंग खेलको नियम र अनुसासनप्रति जानकारी राख्ने खुवी पनि थियो ।
 
उच्च शिक्षाको क्रममा २००४ मा अष्ट्रेलिया आईपुगेका सचिन यहाँ खेलकुदको अवसरलाई उपयोग गर्दै स्थानीय क्लववाट क्रिकेट खेल्दै थिए तर खेल खेल्दा हुने ईन्जोरीवाट पीडित भएपछि उनले आफ्नो रुचीप्रति चुनौतीको सामना गरे तर उक्त चुनौतीको सामना गर्दै उनले खेल जीवन त्याग्नुको सट्टा वरु खोज र अनुसन्धान गर्दै आपूm रेफ्री वन्ने निर्णय गरे ।
 
सन २००८ मा साउथ सिड्नी डिष्ट्रिक्टवाट रग्वी लिग सम्वन्धि रेफ्रीको तालिम लिएपछि उनले आफनो रेफ्रीको करियर सुरु गरेका हुन । रग्वी, क्रिकेट तथा वास्केटवल जस्ता खेलमा एम्पायरिङ गर्दै आईरहेका सचिनले २००८ रकि अफ द एयर पदक एम्पायरको रुपमा जित्न सफल भए । त्यसपछि उनले एनएसडव्लु को ग्रेड क्रिकेटमा अम्पायरिङ गरे । सन २०१० मा यु १५ मा क्रिकेट नेशनल च्याम्पेनसिप, २०१२ मा अस्टे«लियन महिला राष्ट्रिय टिमको फ्रेण्ड्ली म्याच एम्पायरिङ गरे । 
 
सन २०११ मा सिटी अफ सिड्नी वास्केटवल एसोसियसनसँग आवद्ध रहेर अम्पायरिङ सुरु गरे । सन २०१३ मा वास्केटवल एनएसडव्लु मेट्रो जुनियर लिग, यु १६ नेश्नल जुनियर स्टेट च्याम्पियनसिपमा रेफ्रीको भुमिका निभाए । त्यस्तै सन् २०१५ मा महिला स्टेटको फाईनल खेल अस्टे«लियन स्कुल च्याम्पियनसिप वास्केटवलको खेलमा रेफ्रीको भूमिका सफलताका साथ प्रस्तुत गरे ।
 
वास्केटवल यु १६ महिला खेलको फाईनल, यु १६ पुरुषको तेस्रो स्थानको लागि भएको खेल लगायत सन २०१६ को यु १४ मा ग्रिड राष्ट्रिय च्याम्पियनसिप, सन् सिनियर लिगमा समेत एक व्यावसायिक रेफ्रीको भुमिका निभाईसकेका सचिन नेपालीहरुलाई यस क्षेत्रमा ल्याउन प्रेरिरत पनि गर्न चाहान्छन् । उनको प्रतिभा मिहिनेत र सफलताको सम्मान गर्दै नेपाली भिजन ले २०१६ अगस्ट महिनाको लागि नेपाली भिजन ‘युथ अफ द मन्थ’ को टाईटल वाट सम्मानित गरेको छ । वधाई तथा भविष्यको सफलताको सुभकामना छ सचिनलाई ।