राजेश्वर घिमिरे । हाल नेपालमा चुनावको ताप लगेको छ तर यसको राप भने बिस्व ब्यापी छ । म एउटा कुरा छाती फुलाएर भन्न् सक्छु कि नेपाली जत्तिको राजनैतीक चेतना भएका प्राणिहरु सन्सारमा बिरल्लै होलान । यहाँ बच्चा देखी बुढा सम्मलाई राजनीतिको गुदि बोक्क्रो सम्म छर्लङै थाहा छ । यसै सन्धर्बमा म नेपालमा बाहेक अन्त कही नभएको केही द्रिस्टान्तहरुको परिचर्चा गर्दै छु ।
म नेपालको राष्ट्रिय चाड , रास्ट्रिय चरा , राष्ट्रिय खेल जस्तै राष्ट्रिय बिषय राजनीति शास्त्र बनाइदिए खेर जाने देख्दिन । यहाँ हरेक तह तप्कामा राजनीतिको अभ्यास हुन्छ । राजनीति मा त झन् राजनीति हुनेनै भयो । तेसैलेत यहाँ राजनैतिक सगोत्रिको पनि विवाह सम्भब हुन्छ । हामीसँग जो सँग पनि मिल्न सक्ने राजनैतिक खुबी छ । यहाँ प्रजात्रन्त्रिकहरु अतिबादिहरु सँग सजिलै ब्याबहारिक र सैधान्तिक रुपमै मिल्न सक्छन । फेरी गणत्रान्तिकहरु राजाबादी सँग पनि मिल्छन । सब सँग सब मिल्छन तर आफु आफु बिच मिल्न सबलाई सकस छ । आज रा.प्र.पा भोली अर्कै पापा। आज कांग्रेस भोली भोली कम्यूनिष्ट । आज एउटा भोली अर्को तर पनि म यो भन्न सक्छु नेपाल सम्बन्धी पहिलो सत्य हो "अधिकाम्स नेपालीहरु राजनिती शास्त्रका महापन्डित हून" ।
यहाँ अर्को धुर्ब सत्य छ । "आफुले गरेको सब ठीक अरुले गरेको सब बेठिक" । यो पनि नेपाली समाजको बिषेसतानै हो । यहाँ सडक देखी सदन सम्म , पारीवार देखी समाज सम्म, आफिस देखी चौर सम्म, सभा देखी सिनेमा हल सम्म यो नियम लागु हुन्छ । सिनेमामा चोरको जत्थाले बृत्ताकारमा एक ले अर्कालाई बन्दुक तेर्स्याए जस्तो सबले सबैलाई कन्चेटमै ताकिरहेका हुन्छन । मौका मिले पड्काउछन नमिले अहोरात्र पड्कन्छन् । आफुले नाक कोट्याउदा सफा अरुले आङ चिलाउदा फोहरी । आफुले घुस खादा महान अरुले गरे भ्रस्ट । आफुले स्वास्नि कुटे मर्द अरुले कुकुर कुटे अधर्मि । आदी इत्यादी ।
अर्को रमाइलो कुरा छ "हामीलाई जे थाहा हुनु पर्ने हो त्यो बाहेक सब चिज थाहा हुन्छ" । मेरो एउटा मित्रले कमर्स पढेको हो। उ ग्रामीण बिकासको योजनाकार छ । अर्को साथी छ समाज शास्त्र मा ईस्नातक । उ बैकको हाकिम छ । एउटा छ कम्पुटर ईन्न्जीनिएर खेतीपाती गर्छ । अर्को मित्र छ ४ वटा बिषयमा मास्टर गरेको । उ केही पनि गर्दैन । फेरी अर्को साथी छ केही पनि नपढेको । उ सब चिज गर्छ ।
चौथो द्रिस्टान्तहरुको हो । “यहाँ बिरोध बिरल्लै हुन्छ “। गाडीले पेल्यो , मन्त्रिले भ्रस्टचार गर्यो , बाटो भात्कियो , छिमेकिले हल्ला गर्यो , छोरोले पढेन , नेपाल बन्द गर्यो आदी इत्यादी कुनै पनि कुरोको बिरोध नहुने रहेछ यहाँ । जब सम्म मेरो नाकैमा आएर कसैले थुक्क थुकदैन तब सम्म चल्ता है हुन्छ । नेपालमा दाल तरकारीमा नुन कम भयो भने चाँही साना देखी ठुला , मुर्ख देखी बिद्धान सबले बिरोध गर्छन् । यसलाई अपवाद मान्नु पर्ला ।
सबै भन्दा रमाइलो यहाँ अधिकांस मान्छे लाई "टेन्सन किन भएन भने टेन्सन हुन्छ" । अचेल नेपालमा बाटोमा रु दशको नोट खसेको छ भने कसैले टिप्दैनन । माग्ने लाई पाच रुपैया नदिनुहोला । गाली खानु हुन्छ । जोगि लाई रु बिस भन्दा कम दिनु भयो भने भोले बाबाको नममा श्राप मिल्न सक्छ । बरु तनाव लिनु नै छ भने आफ्नो इलममा तनाब लिनु । स्वस्थ तनाबले उत्पादक्त्यो बृधिमा सहयोगी भूमिका नै खेल्न सक्छ ।
हाल नेपालमा चुनाव हुँदै छ । यो मामिलामा म यहाँ लाटो बुङो हुँ। जो जसलाई भेट्छु सब जना जानकार छन् । फगत यती मात्र भन्छु कि कमसेकम भोट हल्नु अघी सकिन्छ भने भुत, बर्तमान र भविस्य केलाउ । तेती नि सकिदैन भने कमसेकम तीन पल्ट सोचौ । हाम्रा लाई होइन राम्रा लाई भोट हालौ ।