महिला संयोजकमा भोमा लिम्बू को उमेद्वारी


Date:2017-09-30
नेपाली भिजन । गैरआवासीय नेपाली संघमा भोमा लिम्बू एक परिचित नाम हो । अन्तर्राष्ट्रिय जगतमा लिम्बूलाई संघ भित्र काम गर्ने एक उदाहरणिय महिलाकोरुपमा चिन्दछन । लामो समय देखि एनआरएनएका हरेक क्रियाकलापमा अग्रस्थानबाट सहयोग गर्दै आएकी लिम्बूले ‘हाम्रो अभियान, महिला शसक्तिकरण’ भन्ने मूल नारा लिएर एनआरएनए आईसीसीको १७–१९ कार्यकालका लागि महिला संयोजकमा उम्मेवारी दिने घोषणा गरेकी छन । 
 
 
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको १५ बर्ष पुरा गर्दै ७७ देशमा सञ्जाल विस्तार गरिसकेको छ । यति धेरै देशमा एनआरएनएको सञ्जाल बढेको भएता पनि महिलाहरुको उल्लेख्य सहभागिता हुन सकेको छैन । यसका पछाडि थुप्रै कारणहरु रहेका छन । यी समस्याहरुलाई नजिकबाट बुझ्दै हाल सम्मको एनआरएनएमा काम गरेको अनुभब, समयलाई उपयोग गर्दै कार्य योजना बनाउने लिम्बूले बताएकी छन । 
 
लिम्बूलाई काम गर्नका लागि पद नै चाहिन्छ भन्ने छैन, बिगत १० बर्षमा एनआरएनएको सामान्य पदमा वा बाहिर बसी उनले एनआरएनए र नेपालीका लागि कार्य गरेका पाईन्छ । प्रवासमा बसेर पनि नेपाली कला सँस्कृतिको प्रवद्र्धन तथा सम्वद्र्धन गर्दै यूवा प्रतिभाको खोजी गर्दै नेपाली सामुदायमा पश्कन – मिस्टर एण्ड मिस नेपाल अष्ट्रेलियाको मुख्य आयोजना होस वा, नेपालमा गएको बिनासकारी भूकम्प, बाढि पहिरोमा परी दुःखमा परेका हाम्रा नेपाली महिला, बालबालीका तथा दाजुभाईको सेवामा असहज परिस्थितहँुदा पनि प्रत्यक्ष प्रभावीत क्षेत्रमा पुगेर कार्य गरेको देखिन्छ । गएको महिनामात्र बिश्वभरबाट नेपालमा बढिपिडतहरुका लागि रहात बितरण तथा मेडिकल क्याम्प संचालन पुग्ने ३ महिलाहरु मध्ये लिम्बू पनि एक रहेकी थिईन । परिवार, आफन्त र निजि समयलाई प्रथामीकतामा नदिई एनआरएनए अभियानमा सगाउने गरेकी लिम्बू महिलाहरुका लागि एनआरएनए महिला संयोजकको पदमा बसेर काम गर्न यसपटक उमेद्वारी दिने भएकिछन् । 
 
जिम्मेवारपूर्वक काम गर्नका लागि पद पनि आवश्यक हुँदो रहेछ । प्रवासमा बस्ने नेपाली महिलाहरुको शशक्तिकरण र एनआरएनए अभियानका लागि अझ सक्रिय भएर लाग्नका लागि एनआरएनए महिला संयोजक पदमा उम्मेदवारी दिन परेको उनि बताउछिन ।  
 
सन् १९९६ देखि अष्ट्रेलिया रहेपनि हरेक पल नेपाली कला सँस्कृति र नेपाली समाजमा रहेर सेवा गर्दै आएकी लिम्बू अष्ट्रेलियामा हुने प्रत्येक नेपाली कार्यक्रममा सक्रिय सहभागीता जनाउँदै र नेपाली समुदायमा विभिन्न कार्यक्रम आयोजना गरेर नेपालीहरुको सुखदुःखमा साथसाथै रहँदै आएकी छन ।
 
समाजिक क्षेत्रमा लागेका कारण सन् २००६ साँस्कृतिक राजदूतको उपाधी, २००९ भोलियन्टर अफ दि इयरमा मनोनित, २०१७ मा एनआरएनए अष्ट्रेलिया कम्यूनिटि सर्भिस पर्सनालिटी अफ द यीयर अवार्डबाट सम्मानित भएकि लिम्बू सामाजिक कार्य गर्न आनन्द आउने बताउछिन । 
 
लिम्बूका प्रतिबद्धताहरु 
 
१, स्वदेश तथा विदेशमा रहेका नेपाली महिलाहरुको विकास, चेतना अभिबृद्धि तथा शसक्तिकरणका लागि महत्वपूर्ण भूमिका खेल्न । 
२, खाडी तथा अन्य देशमा वैदेशिक रोजगारमा गएका महिलाहरुको सामूहिक आवाज बन्न तथा उनीहरुको समस्या पहिचान गरी समाधानका लागि पहल गर्न ।
३, एनआरएन अभियानमा महिलाहरुको सहभागिता बढाउन । 
४, ‘एक पटकको नेपाली, सँधैको नेपाली’ भन्ने एनआरएनको नारालाई अझै स्थापित गर्न आफु हाँसिल गरेको ज्ञान र अनुभवलाई  अझ प्रभावकारीढंगबाट प्रयोग गरी काम गर्न । 
५, एनआरएनएले शुरु गरेका हरेक कार्य तथा योजनामा सक्रिय सहभागी हुन । एनआरएनएको भवन निमार्णमा, वैदेशिक रोजगार उद्धार कोष बनाउन तथा हरेक एनआरएनका अभियानमा साथ दिन । 
६, म आफैमा ‘नर्स’ भएकाले आफ्नो शिक्षा र पेशालाई नेपालमा सदुपयोग गर्न । नेपालमा हेल्थ क्याम्प, सेमिनार तथा तालिम संचालन गर्न । 
७, नेपालका बालबालिका र महिलाहरुका शिक्षा तथा जनचेतनाका क्षेत्रमा कार्य गर्न । 
 
भोमा लिम्बूका सामाजिक संस्थामा सहभागिताः
– एनआरएनए अष्ट्रेलिया सचिब – २००७–२००९
– एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष – २००९–२०११
– एनआरएनए आईसीसी सदस्य – २०११–२०१३
– एनआरएनए ओशिनिया उपसंयोजक – २०१३–२०१५
– एनआरएनए आईसीसी सदस्य – २०१५–२०१७
– सल्लाहकार, गोर्खा नेप्लिज कम्यूनिटि
– सल्लाहकार, किराँत याकथुङ चुमलुङ
– प्रमुख, यूनाईटेट नेप्लिज आर्ट एण्ड ईन्टरटेन्टमेन्ट