नेपाली भिजन । अष्ट्रेलियाको नेपाली समुदायमा प्रेम सापकोटा (पदमलाल) एक चिरपरिचित नाम हो । सरल र सहयोगी स्वभाबका सापकोटाले नेपाली समुदायमा सँधै अग्रपंत्तिमा रहेर सामाजिक कार्यमा सहयोग गर्ने गरेको पाईन्छ । करिब ३ दशक देखि प्रवासमा बस्दै आएका सापकोटा प्रवासी नेपालीहरुको दुःख पिडा र समस्याका बारेमा जानकार मात्र नभएर एनआरएनएमा पनि उत्तिकै सक्रिय रहेका छन । एनआरएनएलाई गर्दै आएको सहयोग र समयलाई निरन्तरता दिंदै यसपटक १४ देखि १७ सेप्टेम्बर, काठमाण्डैमा हुने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको बिश्व सम्मेलनमा ओशियाना संयोजक पदमा उमेद्वारी दिने घोषणा गरेका छन ।
सन् १९८९ मा प्रवासीएका सापकोटाले हंङकंङबाट प्रवासी जिवन शुरु गरेका हुन । सापकोटा नेपाली प्रवासी संघ हंङकंङ को प्रथम तथा संस्थापक अध्यक्ष समेत रहेर नेपाल र नेपालीहरुका लागि उल्लेखनिय कार्य सम्पादन गरेका छन । हाल सो संस्थालाई जनसम्पर्क समिति भनिने गरीएको छ ।
सन् १९९९ मा व्यवसायीक गर्ने शिलशिलामा अष्ट्रेलिया आएका सापकोटा रेष्टुरेण्ड व्यवसायी हुन । हाल सिड्नीमा उनको ईटलियन र नेपाली रेष्टुरेण्डहरु रहेका छन । एनएडिएफ र एनपिसीसीएमा लामो समय सक्रिय भएकार कार्य गरेका सापकोटा पद भन्दा बहिर बसेर अरुलाई अवसर दिनेमा पर्दछन । सन् २०११ –२०१३ को बरिष्ठ उपाध्यक्ष भएर एनआरएनए अष्ट्रेलियामा कार्य गरेका सापकोटाले २०१३ –२०१५ र २०१५ –२०१७ का लागि एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा उमेद्वारी अघि बढाएको भएता पनि साथीभाईको लागि बिबाद नगरी उमेद्वारी छोडिदिएका थिए । प्रायः साथीभाईहरुका लागि सँधै जस्तो पद र अवसरहरु छोड्ने सापकोटाले यस पटक भने ओशिनीया संयोजक पदमा कार्य गर्न जाने ईच्छा मात्र नभई सहि समय आएको समेत बताउछन । यस पटक भने आफूले नछोडने र निर्बाचनमा नै जानु पर्ने भए पनि जान तयारीमा जुटेको बताउछन ।
एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष भएर पहिलो पटक स्थापना गरीएको सोसियल वोलफेयर फण्ड अन्तर्रगत करिब डेड करोड रुपैयाँको अक्षय कोश निर्माण गर्ने प्रमुख पात्रमा सापकोटा पर्दछन । एनआरएनए भवन निर्माण सहयोग संकलन, भूकम्प, बाढिपिडत राहत सहयोग लगायत नेपालका शैक्षिक बिद्यालयहरु निर्माण तथा भैतिक पूवाधारहरुमा सक्रिय सहयोग गर्दै आएका छन ।
पछिल्लो समय नेपालको हस्पीटालिटिमा गुणस्तरीयता बढाउनु पर्छ भन्ने बिचारका साथ एनआरएनहरु द्धारा संचालित प्यासिफक हस्पिटालिटिमा आवद्धभई कलेज संचालन समेत गर्दै आएका छन । हस्पिटालिटिका बिशेष शिक्षक समेत रहेका सापकोट समय समयमा नोपाल गई कलेजका बिद्यार्थीहरुलाई अध्यापन समेत गराउँदै आएका छन ।
नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका संरक्षक समेत रहेका सापकोटाको नेपाली समाज र एनआरएनएमा गरेको सहयोग, संलग्नता र सक्रियताको उच्च सम्मान गर्दै उनले दिएको ओशिनीया संयोजक पदको उमेद्वारीमा सहयोग गर्ने अष्ट्रेलिया र न्यूजिलेण्ड एनपिसीसीएले जनाएको एनपिसीसीका पदाधिकारीहरुले बताएका छन ।
नेपाली समाजका होनाहार सापकोटा निरबिरोध नै संयोजक पदमा निर्बाचित हुन सक्ने अनुमान गरीएता पनि निर्बाचन भएको खण्डमा ओशियानाका डेमोक्रेटिक शक्तिहरुका साझा उमेद्वार बन्ने भएका छन । अष्ट्रेलियाबाट करीब १७५ र न्यूजिलेण्डबाट करीब ३५ जना प्रतिनिधिहरुले मतदान गर्न पाउने सो पदमा भारी प्रतिनिधिको सहयोग सापकोटामा भएको उनका सहयोगीहरु बताउछन ।