डा. अधिकारी भिक्टोरीयाको बहुसाँस्कृतिक सल्लाहकारमा नियुक्त


Date:2017-09-17
नेपाली भिजन । अष्ट्रेलियाको नेपाली समुदायका अगुवा तथा एनआरएनए स्कीका संस्थापक डा. राजु अधिकारीलाई भिक्टोरीयन मल्टिकल्चरल कमिशन (भिएमसी) ले सल्लाहकारमा नियुक्त गरेको छ । डा. अधिकारीलाई १२ सेप्टेम्बर पत्रचार गर्दै रिजनल एडभाईजर काउन्सिल २०१७–१९ का लागि ईष्ट्रन मेट्रोपोलिटियन रिजन हेर्ने गरी नियूक्ती गरेको हो । 
 
डा. अधिकारीलाइ भिक्टोरीया राज्य सरकार संग मिलेर भिक्टोरीयाको बहुसाँस्कृतिक समुदायका लागि कार्य गर्न अनुरोध गरीएको छ । नेपालीहरुको उल्लेखनिय सँख्या रहेको मेलवर्न शहरमा नेपालीहरुले बहुसाँस्कृतिक समुदायका लागि खेलेको भूमिकाको सम्मान स्वोरुप आफूलाई यो जिम्मेवारी दिएको अधिकारीले बताएका छन् । लामो समय देखि मेलवर्न बस्तै आएका डा. अधिकारीको अनुभब, नेपाली समुदायका लागि गर्दै आएको यागदनमा यो एउटा नियूक्तीले अझ नेपाली समुदायको प्रगतिका लागि भूमिका खेल्ने स्थानीय नेपालीहरुको बिश्वास रहेको छ । 
 
डा. अधिकारी लामो समय देखि एनआरएनएमा आबद्ध भएर खुल्ला बिश्वबिद्यालय, स्किल एण्ड नलेज ट्रान्सफर जस्ता कमिटिमा बसेर कार्य सम्पादन गर्दै आएका छन् ।