रकडेलबाट सि फोरको सेवा शुरु


Date:2017-09-04
नेपाली भिजन । नेपाल देखि अष्ट्रेलिया सम्मको यात्रा तय गरेर स्थायीरुपमा यतै बस्दै आएका गैरआवासीय नेपालीहरुले सिड्नी अवस्थित ५५२ प्रिन्सेस हाईवे, रकडेलमा सि फोर नामक नयाँ व्यवसायलाई संचालनमा ल्याएका छन । सि फोरमा राइट एन्ड एशोसिएट्स, सक्सेस मोर्गेज, प्रोग्रेशिभ स्टडी सेन्टर र आरटुएम एकाउन्टीङ एन्ड ट्याक्सेसन गरी चार बिजनेस आबद्ध रहेका छन । 
 
कम्पनीको आफ्नै भवनमा ३ सेप्टेम्बर आईतबार दिउँसो एक कार्यक्रमको आयोजना गर्दै सेवा शुरु गरीएको जनाकारी गराईएको छ । राइट एन्ड एशोसिएटका निर्देशकद्धय पीआर अधिकारी तथा बालचन्द्र भट्टराई, सक्सेस मोर्गेजका नन्द गुरुङ, आरटुएमका रविन्द्र श्रेष्ठ, मछिन्द्र केसी र ऋषी सापकोटा तथा प्राग्रेसीभ स्टडिजका एरिक श्रेष्ठले उक्त व्यवसायलाई संचालनमा ल्याएका हुन । 
 
एउटै कार्यलयबाट सहज र धेरै प्रकारका सेवा प्रदान गर्ने उद्देश्यले सि फोर खोलीएको राईट एण्ठ एशोसिएटका पिआर अधिकारीले बताए ।
 
लाभ लिने मात्र नभई धेरै सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने सोचका साथ सि फोर ग्रुप अघि बढेको सक्सेस मोर्गेजका निर्देशक नन्द गुरुङले बताए । उद्घाटनमा नेपाली व्यवसायीहरु तथा समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।