नयाको अध्यक्षमा खरेल


Date:2017-08-27
नेपाली भिजन । बिगत ४ बर्षदेखि सिड्नीबाट सामाजिक कार्य गर्दै आएको नेपाली यूवाहरुको संस्था नयाको अध्यक्षमा सिड्नीका यूवा व्यवसायी प्रकास खरेल निर्बिरोध निर्बाचित भएका छन् । २५ अगष्ट शुक्रबार साँझ इन्द्रेणी फंसन सेन्टरमा आयोजित हस्तान्तरण कार्यक्रममा खरेलले पदभार ग्रहण गरेका हुन ।
 
नेपालमा आपत बिपतका बेला सघाउनु पर्ने कुरामा होस, नेपाली समुदायका सामाजिक कार्यमा सहकार्यमा गर्नुपर्ने कुरामाहोस, यूवा तथा बालबालीकाहरुको बिकास तथा खेलकुदका क्षेत्रमाहोस नयाले आफना यूवाहरु परिचानल गरेर निरन्तर कार्य सम्पादन गर्ने कुरा खेरलले बताए । 
 
नबनिर्बाचित कार्य समितिको उपाध्यक्षमा सुमन बोहोरा, निजन चौलागाई, पुजा चन्द, महासचिबमा प्रकास अर्याल, सचिबमा दिपेन्द्र भण्डारी, सहसचिबमा  कुन्जा बस्नेत राना, काषाध्यक्षमा प्रमिता शर्मा, सहकोषाध्यक्षमा अनिर उप्रेती, प्रवक्तामा हिरा कंडेल, इभेन्ट संयोजकमा अनुपराज न्यौपाने, पब्लीक रिलेशन अफीसरमा लोचन धिताल, कल्चर संयोजकमा अनुजा शर्मा, सहकल्चर संयोजकमा मिरा ढकाल, खेलकुद संयोजकमा द्धवारीका दवाडि र आईटी संयोजकमा किरण अधिकारी रहेका छन् । त्यसैगरी सदस्यहरुमा नारायण पाण्डे, अर्जुन गौतम, सागर काफ्ले, बिजय पौडेल, बिष्णु काफ्ले खगेन्द्र सत्याल, ओजु जोसी, प्रेम निरौला र बिश्वास अधिकारी रहेका छन् । 
 
संस्थाका निबर्तमान अध्यक्ष कोमलराज पाठकको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा पाठकले संस्थाले हालसम्म गरेका गतिबिघिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावासका चिफ अफ मिशन राजेन्द्र पाण्डे रहेका थिए । पाण्डेले नवनिर्बाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए । रात्रिभोज सहित व्यवस्थापन गरीएको सो कार्यक्रममा नयाका सदस्यहरु, नेपाली संघसंस्थाका प्रतिनिधिहरु, एनआरएनएका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।