सप्तरीबाट एनआरएनएले राहत बितरण गर्दै


Date:2017-08-23
गैरआवासीय नेपाली संघले नेपालमा बाढीपीडितहरुका लागि सप्तरी जिल्लाको बोदेबसाइन नगरपालीकाबाट राहत बितरण शुरु गरेको छ । बितरण गर्ने भनिएको स्थानमा पुग्न कठिन परिस्थितिमा बाटो बनाउँदै एनआरएनएको टोली राहत सामाग्री सहित सो स्थानमा पुगेको थियो । हिजो राती १० बजे सम्म लगाएर करीब १५ सय पिडित परिवारलाई खाद्यसामाग्री, झुल र त्रिपाल बितरण गरीएको संघले जनाएकोछ । 
 
एनआरएनएका अध्यक्ष शेष घले स्वंयम आफै संलग्न भई राहत बितरण गरीरहेका छन् । "राहत घोषणा गर्नेबेला हामीले सोचेको भन्दा बाढीपीडितको अबस्था निकै दयनीय रहेछ, हिजो दिउंसो सप्तरीको बोदेबर्साइन आइपुग्दा मैले देखेका दृष्यको मेरो छाती पोलेको छ" – राहत बितरणका क्रममा घलेले देखेको र भोगेको अनुभब फेसबुक मार्फत सेयर गरेकाछन । 
 
सप्तरीको अर्को प्रभावित क्षेत्र औरहीमा आज राहत बितरण गरीने जनाएको छ । त्रिपाल, झुल र खाद्य सामाग्री संगै मेडिकल क्याम्प पनि सुरु गरेको छ । बाढिपछिको कठिन अबस्थामा फैलिनसक्ने महामारी कम गर्न क्याम्प निकै सहयोगी हुने घलेले बताएको छन । राहत बितरण टोलीमा जमुना घले, आईसीसी सदस्य भोमा लिम्बू, डिआरसी धर्मराज गिरी, श्याम तामाङ, उपाध्यक्ष कुमार पन्त लगायतका एनआरएनहरु रहेका छन । 
 
राहतको लागि संसारभरका एनआरएनएहरुले सहयोग रकम उपलब्ध गराएका छन । अष्ट्रेलिया एनआरएनएले हालसम्म २६ हजार डलर संकलन गरीसकेको जनाएको छ भने उठ्ने क्रम जारी रहेको छ ।