नवाज द्धारा बाडीपिडीतलाई सहयोग


Date:2017-08-21
नेपाली भिजन । नेपाली समुदायको पुरानो संस्था मध्येको नवाज (नेपाल अष्ट्रेलिया वोलफेयर सोसाईटी) ले भर्खरै नवाज कप फूटवल प्रतियोगिता सम्पन्न गरेको छ । सो प्रतियोगितामा बिजेता खेलाडी तथा सहयोगीहरुलाई सम्मान गर्नका आयोजना गर्न लागेको अवार्ड नाईटको लागि छुट्याएको खर्च नेपालको तराईका भू–भागमा बाडि बाट पिडित भएकाहरुको राहतको लागि उपलब्ध गराएर सहयोग गरेको छ । 
 
१९ अगष्ट शनिबार साईनो नेपाली रेष्टुरामा एक सामान्य कार्यक्रम गर्दै सो रकम सिधै पिडितकोमा पुगोस भनि अष्ट्रेलियमा रहेको नेप्लीज एशोसिएशन अफ तराई का अध्यक्ष सुवान्स शाहा लाई अष्ट्रेलियन ५ हजार डलर हस्तान्तरण गरेको हो । बाडिपहिरोमा परी परिवार, घरबार गुमाएका दुःखी परिवारको घाउमा अलिकति भए पनि सहयोग पुर्याउन सकियोस भन्ने उदेश्यले नबजा अवार्ड नाईट कार्यक्रम नगरी सो रकम उपलब्ध गराएको नवाजका अध्यक्ष बिनोद शर्माले बताए । संस्थाले प्रत्येग बर्ष दुर्गम भेगमा रहेका बिद्यालयहरुको खेल सामाग्रीका लागि उपलब्ध गराउंदै आएको २ लाख रकम समेत बाडिपिडितलाई उपलब्ध गराएको अध्यक्ष शर्माले बताए । 
 
कार्यक्रममा नवाज प्रतियोगिताका प्राविधिक निर्देशक राजु मानन्धर, संस्थाका सचिब मन्जित घिमिरे, एनआरएनए उपाध्यक्ष नन्द गुरुङ, आदिबासी जनजाती मन्चका अध्यक्ष अरुण तामाङ, नवाजका पकाश पन्थी लगायतले बिजेता खेलाडीहरुलाई मेडल, ट्रफि लगाएर सम्मान गरेका थिए ।  कार्यक्रममा खेलाडी तथा नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।