बाढीपिडीतका लागि एनआरएनएद्वारा राहतकोष स्थापना


Date:2017-08-14
नेपाली भिजन । नेपालमा परेको अबिरल बर्षाका कारण तराईका अधिकांस जिल्लाहरुको जनजीवन प्रभावीत भएको छ ।  बाढीपहिरोका कारण धेरैको ज्यान गएको छ भने हजारौं परिवार घरबारबिहीन भएका छन । 
 
गैर आवासीयन नेपाली संघले एक बिज्ञप्ति मार्फत यस्तो दुःखद घडीमा मृतक आत्माको चीरशान्तिको कामना गर्दै शोकसनतप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गरेको छ । प्रवक्ता रन्जु वाग्ले मार्फत जारी बिज्ञप्तिमा भनिएको छ ः मातृभूमीलाई परेको यस दुःखको घडीमा हामी संसारभर रहेका हामी गैरआवासीय नेपालीहरु निकै चिन्तित भएका छौं । बाढीको जोखिममा रहेका हजारौं परिवारलाई तत्कालै उद्दार र आपतकालिन राहतको आबश्यकता रहेको हुँदा गैरआवासीय नेपाली संघको आइतबार बसेको आकस्मिक बैठकले आपतकालिन सहयोग स्वरुप ’बाढीपिडीत राहत कोष’ स्थापना गर्ने निर्णय गरेकोे छ । 
 
सो कोषमा संघका अध्यक्ष शेष घले र जमुना गुरुङको एमआईटी फाउण्डेसनले १ करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । यस्तै बैठकमा संघका संरक्षक जीवा लामिछाने तथा उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी र सचिव अर्जुन श्रेष्ठले एकरएक लाख रुपैयाँ तथा प्रवक्ता रन्जु थापाले ५० हजार रुपैयाँ र कोषाध्यक्ष हिक्मत थापाले ५१ हजार रुपैयाा सहयोगको घोषणा गरेका छन । एक साताभित्र दुई करोड रुपैयाँ जम्मा गरी राहत बितरण थाल्ने संघको तयारी रहेको बताईएको छ । संघले बिश्वभरी छरिएर रहनुभएका नेपालीहरुलाई आफ्नो गच्छेले भ्याएसम्म रकम सहयोगको लागि अपिल समेत गरेको छ । 
 
 
त्यसैगरी गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले  रहात कोषमा आर्थीक संकलन गर्न अष्ट्रेलियामा बस्ने सबै नेपालीहरु संग आब्हान गरेको छ । संस्थाका महासचिब नारयण कोईरालाले एक अपिल जारी गर्दै बाढिपीडितहरुको लागि सहयोग गर्न अनुरोध गरेका हुन । नेपालमा हुने आपलकालीन परिस्थितिमा यस अघि देखि नै अष्ट्रेलियाका नेपालीहरुले उल्लेखनिय सहयोग गर्दै आएका छन ।