क्याम्सीमा भोली ११ बजे नारीनिकुञ्जको तिज मेला


Date:2017-08-11
नेपाली भिजन । १२ अगष्ट भोली शनिबार का दिन नारीनिकुञ्ज अष्ट्रेलिया (एआरएनएए महिला फोरम) ले तीज मेला गर्ने भएको छ । सो मेलामा बालबालीका तथा महीला पुरुष सबैको लागि प्रवेस खुल्ला गरीएको छ । ओरीयन फंसन सेन्टर क्याम्सीमा सो कार्यक्रमको आयोजना गरीएको छ ।
 
बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म संचालन हुने सो मेलामा १० भन्दा बढि संघ संस्थाले प्रतिनिधित्व गर्दै साँस्कृतिक प्रस्तुति गर्ने छन । मेलामा गायीका सुजाता उपाध्यायको बिषेश प्रस्तुति रहने भएको छ । बालबालीकाहरुको रमाईलोलाई ध्यानमा राख्दै जम्पीङ क्याशल लगायतका गतिबिधिहरु को समेत व्यवस्था गरीएको छ । 
 
तीजलाई लक्षित गरी किनमेल गर्न तीज सम्बन्धि स्टल तथा मिठो दर का स्टलहरु समेत व्यवस्था गरीएको निकुञ्जकी संयोजक प्रतिज्ञा अधिकारीले बताईन । अधिकारीले सबै नेपालीहरुलाई सहभागिता जनाई तीजको रमाईलो लिन अनुरोध समेत गरेकी छन । 
 
दिउँसोको कार्यक्रम पश्च्यात साँझ भने महिला दीदिबहिनीहरुलाई लक्षित गरी सोहि स्थानमा तीज कार्यक्रम हुने छ । साँझको कार्यक्रममा गायीका सुनिता दुलालको बिषेश प्रस्तुति रहने छ ।