हन्सवीमा तिज भब्य


Date:2017-08-08
नेपाली भिजन ।  नर्थस्वोर नेप्लिज कम्यूनिटीले आयोजना गरेको तीज कार्यक्रम भब्यरुपमा सफल भएको छ । ५ अगष्ट शनिबार साँझ ६ बजे देखि १० बजे सम्म हन्सवी आरएसएल क्लब हन्सवीमा सम्पन्न भएको सो तीज कार्यक्रममा २०० भन्दा बढि महिलाहरुको उपस्थिति रहेको थियो । 
 
कार्यक्रमको मुख्य आकर्षण गायीका चन्दा अर्याल रहेकी थिईन । अर्यालका गीतमा नेपाली दीदि बहिनीहरुले नाचेर भरपूर मनोरञ्जन लिएका थिए । कार्यक्रमको थप आकर्षणका लागि डिजे प्रस्तुति, स्थानिय बालबालीका तथा कलाकारहरुको गीत तथा नृत्य प्रस्तुति रहेको थियो । बिगतका बर्षहरु देखि निरन्तर आयोजना गरीदै आएको तीज कार्यक्रम यस बर्ष पनि भब्यरुपमा सम्पन्न भएको कार्यक्रम संयोजक हीरा गिरीले बताईन । 
 
नर्थस्वोर नेप्लिज कम्यूनिटीका अध्यक्ष बिकास केसीको अध्यक्षतामा सम्मपन्न भएको सो कार्यक्रममा महाबाणिज्यदूत दीपक खड्का, एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसी, बर्तमान उपाध्यक्ष नन्द गुरुङ, पूर्व उपाध्यक्ष प्रेम सापकोटा, एनसीसी सदस्य भिमराज सुब्बा, दीनेश अधिकारी, आयोजक संस्थाका सल्लाहकार कुमार गिरी, सुदिप कार्की, एनपिसीसीएका अध्यक्ष कृष्ण गिरी, पत्रकार राजन घिमिरे लगायत समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । 
 
३० डलर प्रवेश शुल्क लगाईएको सो कार्यक्रममा रात्रि भोजको व्यवस्था समेत गरीएको थियो । स्थानिय स्थतरमा नर्थस्वोर नेप्लिज कम्यूनिटीले तीज लगायतका कार्यक्रमहरु आयोजना गरिदिनले समुदायको बिकासमा राम्रो टेवा पुगेको एनआरएनएए एनएसडब्लु सहसचिब सरोज पाण्डेले बताए । बिगतमा भन्दा यस बर्षको उपस्थिति झन बढ्दो देखिएकोमा खुसी व्यक्त गर्दै नर्थस्वोर नेप्लिज कम्यूनिटीले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम लिएर आउने  संस्थाका सदस्य उद्धब भट्टले बताए । कार्यक्रम भब्य रुपमा सम्पन्न भएकोमा अध्यक्ष केसीले सबै सहयोगिहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।