डा. पुनलाई सिड्नीमा पन्ध्रहजार डलर भन्दा बढिको सहयोग


Date:2017-08-08
सिड्नी, नेपाली भिजन । गैर आवासीय नेपाली संघ अष्ट्रेलिया न्यू साउथ वोल्स राज्य समितिले सिडनीमा डा. महावीर पुन संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ६ अगष्ट आईतबार दिउँसो सम्पन्न भएको सो कार्यक्रममा डा. पुन संग सिड्नीका नेपालीहरुले अन्तरक्रिया गरेका हुन् । 
 
कार्यक्रममा डा. पुनले देशको अर्थतन्त्र बृद्धि नभई बिकास सम्भब नहुने बताएका थिए । पैसा नकमाई कोहि धनि हुन सक्दैन, देशको अर्थतन्त्रमा बिकास नगरी कुनै पति राष्ट्र धनि हुन सक्दैन, समृद्ध हुदैन, राष्ट्रलाई धनि बनाउन व्यवसाय गर्नु पर्छ, व्यवसायीक घाटालाई कम गर्दै नफामा लैजानु पर्दछ । तसर्थ दिमाग भएका दक्ष जनशक्तिलाई राष्ट्रिय योजनामा लगाई काम गराउन सक्नु पर्ने आजको मुख्य उदेश्य राष्ट्रले लिनु पर्ने कुरा डा. पुनले बताए ।
 
कार्यक्रम गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वोल्स राज्य समितिका संयोजक  नन्द गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै गुरुङले पदभार समाले पछिको पहिलो औपचारीक कार्यक्रमका रुपमा डा. पुनको महान कार्यमा साथ र समर्थन जनाउँदै कार्यक्रममा गर्न पाएकोमा गर्वान्नित भएको बताए । निकट भबिष्यमा पनि नेपाली समुदायको लागि लाभदायी कार्यक्रम गर्दै जाने र सँधै नेपाल र नेपालीको लागि आफ्नो कार्यकालमा उपलब्धिमुलक कार्यक्रम प्रस्तुत गर्ने प्रतिबद्धता समेत गुरुङले गरेका थिए । 
 
न्यू साउथ वोल्स राज्य समितिका उपसंयोजक अर्जुन केसीको स्वागत मन्तब्यबाट शुरु भएको सो कार्यक्रम सचिब पुजा चन्द र राष्ट्रिय महिला फोरम (नारी निकुञ्ज) संयोजक प्रतिज्ञा अधिकारीले गरेका थिए । कार्यक्रममा महाबाणिज्यदूत दीपक खड्का, एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष ध्रुव सुवेदि, गणेश केसी, आईसीसी संरक्षक इन्द्रा वन, एनसीसी सचिब देब गुरुङ, समुदायका अगुवा निरज श्रेष्ठ, कृष्ण गिरी, दीनेश पोखरेल, बुद्धि डल्लाकोटी लगायतले बिचार राख्दै महाविर पुनको कार्यमा सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । 
 
कार्यक्रममा महाबिर पुनको राष्ट्रिय अनुसन्धन केन्द्रका लागि आर्थिक सहयोग समेत उपलब्ध गराईएको थियो । एनआरएनएए न्यू साउथ वोल्स राज्य समितिको अगुवाईमा संकलन गरीएको आर्थीक सहयोग कार्यक्रम अन्तर्रगत कुमार गिरी र हिरा गिरी बाट डलर १०००.००, नर्थस्वोर हस्पिटल मोटिभ नेपाली ग्रुपबाट डलर १८०५.००, डम्बर पाकरिन र बिमला लामा पाकरिन बाट डलर १०००.००, चितवन समाज बाट नेपाली रु. ११५०००.००, दीपक भट्राई बाट डलर ५०१.००, ध्रुव सुवेदि बाट डलर ३००.००, अशोक बुडाथोकी बाट डलर ३०१.००, मेजर भोला राई र ग्रुपबाट डलर २०००.००, एईसीए बाट डलर ५०००.००, एनपिसीसीए (जनसम्पर्क समति) बाट डलर ५००.०० लागयत व्यत्तिगतरुपमा उपस्थित भएका अतिथिहरुले आर्थीक सहयोग उपलब्ध गराएका थिए । सहयोगको प्रतिबद्धता अझै आईरहेको जनाईएको छ भने समग्रमा १५०००.०० डलर भन्दा बढि आर्थिक सहयोग डा. पुनको अभियानलाई न्यू साउथ वोल्स राज्य समितिले उपलब्ध गराउने उपाध्यक्ष नन्द गुरुङले बताएका छन् । 
 
कार्यक्रममा नेपालको एरपोट सरसफाई गरी फर्किएका सरसफाई अभियन्त खेम शर्मालाई खादा लगाएर सम्मान गरीएको थियो । १५० भन्दा बढि नेपालीहरुको उपस्थित भएको सो कार्यक्रममा नेपाली संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा लोकप्रिय गायक तथा एससिसी सदस्य दील तामाङ लगायत बालबालीकाहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।