गायक दिल ले ल्याए सागर को गहिराइ


Date:2017-08-07
गायक दिल तामाङले नयाँ गीत म्यूजिक भिडियो सहित श्र्रोता तथा दर्शकहरुमाझमा प्रस्तुत गरेका छन् । "सागर को गहिराइ भन्दा गहिरो माया थियो" बोल को यो गीतको शब्द, संगीत पनि गायक तामाङ आँफै ले गरेका हुन । 
 
 
आफुलाई सबै प्रकार को गीत संगीत गाउन रुचाउने उनको "म त नेपाली ठिटो" भन्ने गीत केही समय अगाडि लोकप्रिय भएको थियो । सिड्नी निवासी सरस्वती लामा र प्रमोद भर्द्वज ले यस म्युजिक भिडियो मा अभिनय गरेका छन भने भिबोर पोखरेल को निर्देशन रहेको छ ।
 
बिगत एक दशक देखी अष्ट्रेलिया लाई आफ्नो कर्म भुमी बनारहेका तामाङ प्रायः सबै प्रकार गीत संगीत गाउन रुचाउछन । सनै देखी गीत संगीतमा लागाब रहेका दिलको पहिलो अल्बम को नाम “सम्बन्ध“ रहेको छ । दिल अष्ट्रेलिया मा हुने प्रायः सबै साङीतिक कार्यक्रम हरुमा उपस्थित भई आफ्नो दम्दार प्रस्तुती दिने  गरेका छन ।  बिदेश मा बसे पनि आफुलाई नेपाली गीत संगीत को मोह कहिले पनि नघटेको उनी बताउछन ।
 
 
गीतको म्यूजिक भिडियो तलको लिंक मा हेर्न सकिन्छ ।