बीपीका बिचार प्रवर्दन गर्न अष्ट्रेलियामा प्रतिष्ठानको गठन


Date:2017-07-27
नेपाली भिजन । नेपाली राष्ट्रिय राजनीतिका शिखर पुरुष, नेपालको पहिलो निर्बाचित प्रधानमन्त्री, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सिद्धान्त प्रतिपाद गरी नेपाली कांग्रेस जन्माउने महामानब बीशेश्वर प्रसाद कोईरालाको नाममा खोलीएको बीपी चिन्तन प्रतिष्ठानको अष्ट्रेलियामा शाखा खोलीएको छ । बीपीको बिचारहरुलाई प्रवासमा नेपाली तथा बिदेशीहरुका माझ पुर्याउने उदेश्यका साथ यस संस्थालाई अष्ट्रेलियामा भित्र्याईएको छ । 
 
"बर्षै अघि उद्घोष गरेका बीपीका बिचारहरु आजपनि नेपालको राजनीतिमा उत्तिकै महत्वपूर्ण छ, उनको बिचरका बारेमा आजको समाजले बुझ्नु र बिश्लेषण गर्नु पर्ने आवश्यक्ता भएकाले पनि संस्था यहाँ ल्याईएको हो" – प्रवक्ता डिल्ली ढकालले बताए । 
 
"राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भित्र नै समृद्ध नेपाल सम्भब छ, बिचारमा मात्र हैन कार्यन्यनका पक्षमा पनि यसलाई अवलम्बन गर्नु पर्छ, प्रवासका जुन सुकै कुनामा भए पनि नेपाल र नेपालीका लागि हरेकको दायित्व र जिम्मेवारी छ, बीपीका बिचारलाई अघि सार्दै एउटा बैचारीक समाज निर्माण गर्न बीपी चिन्तन प्रतिष्ठान अष्ट्रेलियाले भूमिका खेल्ने छ" – अध्यक्ष दुर्गा आचार्यले बताए । 
 
नवगठित संस्थाको कार्य समिति निम्न अनुसारको छ:
 
अध्यक्ष – दुर्गा आचार्य
उपाध्यक्ष – डा. घनश्याम चापागाईं, 
महासचिव – अभिमन्यु केसी, 
कोषाध्यक्ष – डा. डिल्ली बन्जाडे, 
प्रवक्ता – डिल्लीराम ढकाल, 
सम्बन्ध प्रबन्धक – रमेश छत्कुली 
 
सदस्यहरु 
नारायण काफ्ले, 
डा. राजु अधिकारी, 
डा.चन्द्र दीपक पोखरेल, 
श्री पन्त, 
पुरुषोत्तम मिश्र, 
रामबहादुर थापा, 
जानकी पौडेल, 
कमल अधिकारी, 
डा. देवराज पौडेल, 
डा. भरतराज पौडेल, 
शरण कोइराला, 
नगेन्द्र अधिकारी, 
भुपेन्द्र केसी, 
राजन ढुंगेल लगायत रहेका छन् । 
 
संस्था गैर राजनीतिक र नाफ रहित हुने बताईएको छ । गैर राजनीतिक भनिए पनि कार्यसमितिमा भएका सबै कतै न कतै नेपाली कांग्रेसको राजनीति गरेर आएका व्यक्तिहरु रहेका छन् । बीपी चिन्तन प्रतिष्ठान नेपाली कांग्रेसको भतृ संगठन नभनिएपनि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले यसको हेरचाह गर्ने गरेका छन् ।  नेताका नाममा खोलीएका प्रायः सबै प्रतिष्ठानहरु संबन्धित पाटीहरु सँग नै सम्बन्धित हुने गरेका छन् । यद्दपी यस्ता संस्थाहरुले राजनीति भन्दा माथि उठेर राष्ट्रिय हितका लागि नै कार्य सम्पादन गरेको देखिन्छ ।