एनआरएनएए सातौं सम्मेलन सम्पन्न, कुनै औपचारीक घोषणा पत्र सुनाईएन


Date:2017-07-26
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको सातौं राष्ट्रिय सम्मेलन ब्रिशवेन शहरमा सम्पन्न भएको छ । सम्मेलनलाई ३ चरण क्रमश उद्घाटनशत्र, बन्दशत्र र गालाडिनरमा बिभाजन गरी सम्पन्न गरीएको थियो । २२ जुलाई शनिबार सम्पन्न भएको सो सम्मेलनमा नेपाली राजदूत महामहिम लक्कि शेर्पाले प्रमुख अतिथिको आशण ग्रहण गर्नुभएको थियो ।
 
कार्यक्रममा बोल्दै शेर्पाले अब नेपाललाई पौसाको सहयोग हैन सिप, क्षमता भएका व्यक्तिहरुको खाचो भएको बताउनु भयो । एनआरएनए अष्ट्रेलिया संसारमै उत्कृष्ठ छ र आशा पनि धेरै लिन सकिने कुराको चर्चा गर्नु भयो । 
 
कार्यक्रममा एनआरएनए ग्लोवल अध्यक्ष शेष घले बिशिष्ठ अतिथिकारुपमा उपस्थित हुनुभएको थियो । घलेले नबनिर्बाचित कार्यसमितिलाई गर्नसक्ने कार्यहरुको संकल्प गरी दुतावास संग सहकार्य गर्दै अघि बढ्न अनुरोध गर्नुभएको थियो । नेपाल सरकारको नियम र कानुन अनुरुप एनआरएन चल्ने भएको हुनाले यस संस्थाको सबै सदस्यहरु स्थानिय स्तरको मात्र नभई नेपाल सरकार संग प्रत्यक्ष सरोकार हुने हुनाले सदस्यता बितरणमा एकरुपता ल्याउन ग्लोवल एनआरएनएले ल्याएको अवधारणालाई अनुसरण गरी प्रयोग गर्न जानकारी दिनुभएको थियो । 
 
कार्यक्रममा नेपाल देखि आउनुभएका समाजसेवी महाबिर पुनले अर्थतन्त्रमा बिकास नगरी नेपाल अघ बढ्दैन, व्यवसायिक घाटालाई राष्ट्रले रोक्न सक्नुपर्छ  तसर्थ क्षमता, अर्थ र समय डोनेट गर्न एनआरएनहरुलाई अनुरोध गर्नुभएको थियो । 
 
कार्यक्रममा ग्लोवल एनआरएनए उपाध्यक्ष भवन भट्ट, भिक्टोरीयाका लागि महाबाणिज्यदूत चन्द्र योञ्जन, ओशियाना क्षेत्रिय संयोजक महेन्द्र लम्साल, लगायतले आफ्ना बिचारहरु राख्नुभएको थियो । कार्यक्रम संचालन संस्थाका निबर्तमान सचिब भिष्म भण्डारीले संचलन गर्नु भएको थियो भने अध्यक्षता संस्थाका अध्यक्ष सुरेन्द्र सिग्देल ले गर्नु भएको थियो । कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गरी पाश गरीएको थियो । 
 
कार्यक्रमको व्यवस्थापनको प्रमुख भूमिका ब्रिसवेन निवासी एनसीसी सदस्य अभिमन्यू केसीले गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न स्टेटबाट उल्लेखनिय उपस्थिति रहेको थियो भने स्थानियहरुको भने उत्साहपूर्ण उपस्थिति रहेको थिएन । निरन्तररुपमा १२ घण्टा सम्म कार्यक्रम संचालन भईरहदा उपस्थित अतिथिहरुलाई पानी सम्म समयमा उपलब्ध नहुदा निक्कै सास्ती परेको । कार्यक्रम व्यवस्थापन निक्कै कमजोर भएकोमा अधिकाँसको गुनासो रहेको थियो । 
 
जिम्मेवारी लिएकाहरु आफ्नो जिम्मेवारी निभाउन भन्दा पनि स्टेजमा गएर आफूलाई चिनाउन मात्र बढि सक्रिय देखिए । सिड्नी देखि पिएजडि अवार्ड लिनका लागि मात्र गएका एक डाक्टरको नाम नै गायब अवार्ड समिति तथा आयोजकले गरेको थियो । यस्ता तृटिहरु नगन्य देखिए । उद्घाटन शत्र पछि संचालन बिधान संसोधन शत्र समेत निक्कै कमजोर व्यवस्थापन भएको देखियो । कार्यक्रम हुनु अगावै महिनै देखि राष्ट्रिय सम्मेलनको बिभिन्न उपसमिति बनाएर जिम्मेवारी बिभाजन गरी तयारी गर्ने चलन थियो तर यस बर्ष भने कार्यसमितिले आफ्नो कुशलता देखाउन नसक्दा घोषणा पत्र सम्म प्रस्तुत नगरी सम्मेलन सकिएको पूर्व अध्यक्ष लगायत एनआरएनएमा लामो समय देखि काम गरीरहेकाहरुले बताउनु भयो । अन्तत सम्मेलनले कुनै लिखित बुधाहरु पास नगरी नयाँ कार्य समितिलाइ औपचारीक हस्तान्तरण गरेको छ । आयोजकले आज सम्म पनि सातौं राष्ट्रि सम्मेलनले संस्था, नेपाल र नेपालीको लागि के बुधाहरुमा निर्णय गरो भन्ने कुरा सार्वजनिक गर्न सकेको छैन ।  
 
कार्यक्रमको अन्तमा अर्थात गाला डिनरमा अध्यक्षमा निर्बाचित टोनु घोटाने सहित बिजयी उमेद्वारहरुलाई केन्द्रिय अध्यक्ष शेष घलेले सपथ खुवाउनु भएको थियो । सपथ पछि घोटानेले सभालाई सम्बोधन गर्दै एनआरएनए अष्ट्रेलियालाई अझ उचाईमा पुर्याउने प्रतिबद्धता गर्नु भएको थियो । सम्मेलनमा एनआरएनएका अग्रजहरु इन्द्रा बन, रन्जु वाग्ले, मन केसी, गोवा कटुवाल, ध्रुव सुवेदी, गणेश केसी, डा. होम मुर्ति पन्त, प्रेम सापकोटा लागायत पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।