एनआरएनएए सातौ राष्ट्रिय सम्मेलन ब्रिशवेनमा


Date:2017-07-19
नेपाली भिजन । गैर आवासीय नेपाली संघ अष्ट्रेलिया (एनआरएनएए) को सातौ राष्ट्रिय सम्मेलन ब्रिशवेन शहरमा हुने भएको छ । पहिलो पल्ट क्वीन्सलेण्ड राज्य अर्थात ब्रिशवेनमा हुन गईरहेको यस सम्मेलनलाई भब्यरुपमा सफल पार्न आवस्यक तयारीका लागि स्थानिय एनआरएनहरु लागि परेका छन् । सम्मेलन २२ जुलाई शनिबार बिहान १० बजे देखि साँझ १० बजे सम्म चल्ने जनाईएको छ । दूईचरणमा बाढिएको यस सम्मेलनको पहिलो सेशन बिहान १० बजे देखि ५ बजे सम्म चल्ने जनाईएको छ । यस सेशनमा सम्मेलनको उद्घाटन, बन्दसत्र, आर्थीक प्रतिवेदन, क्षेत्रिय प्रतिवेदन प्रस्तुति लगायत बिधानका बिषयहरुमा छलफल हुने भएको छ । 
 
दोश्रो सेशन साँझ ६ बजे देखि बेलुका १० बजे सम्म हुने भएको छ । यस सेशनमा एनआरएनए अवार्ड बितरण, सांगितिक कार्यक्रम लगायत नब निर्बाचित पदाधिकारीहरुलाई सपथ खुवाउने र पदभार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । सबै कार्यक्रमहरु ब्रिशवेन शहरमा अवस्थित Good Samaritan Centre, Lourdes Hill College, 86 Hawthorne Road, Hawthorne, Qld 4171 मा हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले ८ जुलाईमा नै राष्ट्रिय स्तरमा निर्बाचन सम्पन्न गरी नेतृत्व चयन गरीसकेको छ । सम्पन्न भएको निर्बाचनबाट बर्तमान कार्यसमितिका महासचिब तोनु घोताने अध्यक्षमा बिजयी भएका थिए । 
 
कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष शेष घले ले पनि सहभागिता जनाउदै सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूतको पनि कार्यक्रममा उपस्थिति रहने भएको छ । त्यसैगरी समाजसेवी महाबिर पुन बिशेष बक्ताका रुपमा नेपाल बाट आउने भएका छन् । 
 
हरेक दूई बर्षमा हुने एनआरएनएएको राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन सिड्नी, मेलवर्न, पर्थ, एडिलेड, डार्विन, क्यानवेरा लगायतका शहरहरुबाट बहुसंख्यामा नेपालीहरु सहभागिता जनाउने भएका छन् । सम्मेलनले संगठनको आन्तरीक सुधार, नेपाल र नेपालीहरुका हितका लागि कार्ययोजनाहरु ल्याउने बिश्वास गरीएको छ ।