अष्ट्रेलियाका लागि अगष्ट ७ मै रक्षा बन्धन


Date:2017-07-14
हिन्दु धर्मालम्बीहरुको अति महत्वपूर्ण मानिने चाडपर्वहरु मध्ये रक्षाबन्धन जनै पूर्णिमा पनि एक हो । देश बिदेशमा रहने आम नेपालीहरुले बडो हर्सोल्लासका साथ यो पर्व मनाउँदै आएका छन् । श्रावण शुक्ल पूर्णिमाका दिन मनाईने यो पर्व रक्षाबन्धन जनैपूर्णिमा नामले परिचित छ भने यो पावन दिनमा हिन्दुहरुले रक्षा कवाजको रुपमा शुद्ध मन्त्राण गरिएको जनै, रक्षा बन्धन धारण गर्ने गर्दछन । 
 
अझ यसपालीको श्रावण महिनामा ५ वटा सोमबार समेत परेका छन् । जसलाई बिशिष्ट संयोग नै मानिएको छ । यसपाली ७ अगष्टको रक्षाबन्धनमा शुभ नक्षत्र, सर्वोयसिद्धि योग परेको हुनाले भगवान शिब आफ्ना समस्त भक्तहरुमा आफ्नो अपार अनुकम्पा बढाउने बिश्वास गरिएको छ र यस दिन गरिने पुजा वा हवनको असाध्यै महत्व हुन्छ । 
 
तर यति हुँदाहुँदै पनि नेपालको समय अनुसार ७ अगष्टका राती १० बजे चन्द्रग्रहण शुरु भै मध्यरातमा अन्त्य हुने छ । शास्त्रको निर्णय सिन्धु ५२८, ५२९ र ५३० अनुसार यदि श्रावण नक्षत्रको पूर्णिमा वा श्रावण पूर्णिमाका दिनमा ग्रहण वा संक्रान्ति परेमा उत्तम तिथी दुषक वा अपबित्र हुन्छ । यसो हुँदा सो कार्य शुक्ल पदाको पन्चमी अर्थात नाग पन्चमीको दिनमा गर्नु पर्छ भन्ने मान्यता अनुसार नेपालको पान्चाङ्ग समितिको निर्णय अनुसार नेपालमा ७ अगष्टको रक्षाबन्धन २८ जुलाईको नग पन्चमीकै दिन मनाउने भएको छ । 
 
तर अष्ट्रेलिया र नेपालको समय अन्तरका कारणले अष्ट्रेलियामा सो ग्रहण अगष्ट ८ का दिन बिहान ३ बजे शुरु भै ५ः१८ मा अन्त्य हुने हुनाले अष्ट्रेलियाको लागि माथी उल्लेख भए अनुसारको अति उत्तम दिन ७ अगष्ट २०१७ नै भएको ले सो ग्रहणले कुनै असुभ, दोष नगर्ने कुरा अष्ट्रेलियाको हिन्दु पुरोहितहरुको काउन्सिलले निर्णय गरेको हुनाले ७ अगष्टमा बिहानका शुभ साहितमा रुक्षा बन्धन मनाउने कुरा सम्पूर्ण सबैको लागि सुचित गरिएको छ । थप जानकारीका लागि पुरहित ढोडारीलाई ०४११ ८३८ ४४९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।