एनआरएनए अष्ट्रेलिया अध्यक्षमा घोताने बिजयी


Date:2017-07-10
सिड्नी, नेपाली भिजन । ८ अप्रिल शनिबार भएको निर्बाचनमा आगामी २०१७–२०१९ का लागि गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्ष पदमा टोनु घोताने बिजयी भएका छन् । डेमोक्रेटीक पक्षका दूई बाँगी उमेद्वार र प्रवासी मंन्च पक्षका १ सहित तिन उमेद्वारलाई पछि पार्दै घोतानेले जित हातपारेका हुन । अत्यान्तै प्रतिष्पर्धा रहेको यस निर्बाचनमा ५ भोटले घोताने अघि परेका हुन् । घोतानेले २०१८ मत प्राप्त गरेका थिए ।
 
घोताने डेमोक्रेटीक टिमका आधिकारीक उमेद्वार रहेका थिए भने उनका निकटतम प्रतिश्पर्धी स्वतन्त्र प्रताप शाहा पवासी मंन्चका तर्फबाट उमेद्वार रहेका थिए । शाहा ले २०१३ मत प्राप्त गरेका थिए भने बाँकी दूई अध्यक्षका उमेद्वार अभिमानसिंह बस्नेतले ५५६ र महेश सिंह भण्डारीले २४५ मत प्राप्त गरेका थिए । जनसम्पर्क समिति अष्ट्रेलियाको मुख्य सहयोग र भूमिकाले नै घोताने बिजयी हुन सफल भएका हुन । मुख्य पद बाहेक बाँकी पद तथा सदस्यहरुमा भने मिश्रित परिणाम आएको छ । 
 
त्यसैगरी डेमोक्रेटिक पक्षका महासचिबका उमेद्वार नारयण कोईराला, सबै भन्दा ठूलो राज्य एनएसडब्लुको संयोजक (उपाध्यक्ष) मा नन्द गुरुङ, भिक्टारीयाको संयोजक (उपाध्यक्ष)मा केशब कंडेल, क्वीन्सलेण्डको संयोजक (उपाध्यक्ष) सन्तोश कुँवर, वोष्ट्रन अष्ट्रेलियाको संयोजकमा दिपक शर्मा, नर्दन टेरीटोरीको संयोजक (उपाध्यक्ष) हरी राम रिजाल बिजयी भएका छन् । एसिटि क्यानबेरा संयोजक (उपाध्यक्ष)मा राजन प्रसाद ढुङ्गेल र साउथ अष्ट्रेलियको संयोजक (उपाध्यक्ष)मा अशोक केसी बिजयी भएका छन् । त्यसैगरी सचिबमा देब गुरुङ, कोशाध्यक्षमा अचुत शर्मा थपलिया, यूवा संयोजकमा धर्मराज अधिकारी र महिला संयोजकमा प्रतिज्ञा अधिकारी बिजयी भएका छन् । 
६ जनाका लागि भएको आईसीसी सदस्यको निर्बाचनमा जानकी पौडेल, दिपक भट्राई, केदार रिजाल, उषा किरण बारिया, गोगुल घिमिरे र राज कुमार थपलीया बिजयी भएका छन् । 
त्यसैगरी एनएसडब्लुबाट एनसीसी सदस्यमा भिम राज सुब्बा, अजय राजबंसी, दिनेश अधिकारी, गिता लम्साल लगायत ६ जना बिजयी भएका छन् । एनएसडब्लु स्टेटको उपसंयोजकमा अर्जुन केसी, सचिबमा पुजा चन्द, सहसचिबमा सरोज पाण्डे, कोशाध्यक्षमा सब्बु महर्जन, यूवा संयोजकमा बिजय पौडेल र महिला संयोजकमा सन्ध्या शाहा बिजयी भएका छन् । यस निर्बाचले अष्ट्रेलिया भरीबाट १०० भन्दा बढि व्यक्तिहरुलाई निर्बाचित गराएको छ । 
 
८ हजार २४४ मतदाता रहेको मतदानमा ५५१३ अर्थात ६६.८७ प्रतिशत मत खसेको थियो । प्रतिशतका आधारमा सबै भन्दा बिढ मत डार्वीनमा ९२ प्रतिशत र कम सिड्नीमा ५७ प्रतिशत मात्र मत खसेको थियो । निर्बाचनका लागि बिहान ८ देखि ५ बजे सम्म मतदान खुल्ला गरीएको थियो भने मतदानका लागि कम्प्यूटर प्रविधि अपनाईएको थियो । निर्बान सम्पन्न भएको केहि घण्टामा नै मत परिणाम सार्वजनिक गरीएको थियो । बिगतमा भन्दा निक्कै सरल, सब्य र लामो लाईन बस्न नपर्ने गरी निर्बाचन सम्पन्न भएको मा मतदाताहरुले एनआरएनएका पदाधिकारी तथा निर्बाचन समितिलाई धन्यबाद प्रदान गरेका थिए । केन्द्रिय निर्बाचन संयोजक डा. कृष्ण हमालको संयोजकत्वमा गठित समितिले निर्बाचन सहज ढंगले सम्पन्न गराएको हो । संयोजक हमाल, एनएसडब्लुका निर्बाचन संयोजक सुजित सिग्देल लगायत समितिका सदस्यहरुले सोहि दिन साँझ मतपरिणाम सार्वजनिक गरेका थिए । 
 
निर्बाचनका समय स्थलगत निरक्षण गर्न अष्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम लक्की शेर्पा, एनआरएनए आईसीसीका अध्यक्ष शेष घले, सदस्य जमुना घले, संरक्षक इन्द्रा वन, प्रवक्ता रन्जु वाग्ले, लगायत पादधिकारीहरु सबै भन्दा बढि मतदाता भएको शहर सिड्नी मतदान केन्दमा आएका थिए । निरिक्षणका क्रममा राजदूत शेर्पाले प्रवासमा नेपालीहरुको नेपाल प्रतिको उत्साह र मतदानका लागि प्रयोग गरीएको प्रविधिको प्रसंसा गरेकी थिईन ।
 
आईसीसी अध्यक्ष घलेले निर्बाचनमा सहभागि प्रवासी नेपालीहरुको उपस्थिति देखेर खुसी ब्यक्त गरेका थिए । सफलता पूर्व निर्बाचन सम्पन्न भएकोमा उनले सबैलाई शुभकामना दिएका छन् । आफ्नो संगठनले उभ्याएका अधिकांस उमेद्वारहरुले बिजयी हांसील गराएका जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीले जिताउने कार्य हामीले गर्यौ अब बिजयी भएका साथीहरुले सबैलाई समेटेर भेदभाव नगरी नेपाल र नेपालीका लागि कार्य गर्नुपर्ने बताएका छन । 
 
निर्बाचित सबै उमेद्वारहरुलाई २२ जुलाई ब्रिशवेनमा हुने एजिम तथा राष्ट्रिय सम्मेलनमा सपथ खुवाउदै पदभार ग्रहण गराउने कार्यक्रम रहेको अध्यक्ष सुरेन्द्र सिग्देलले बताए ।