पूर्णिमा शाहको “सपनाको क्षितिज” लोकार्पण


Date:2017-06-25
नेपाली भिजन, जुन २५   हङकङ । हङकङ साहित्यिक साझा श्रृंखलाको “छैठौं वार्षिक उत्सव-२०१७” तथा पूर्णिमा शाहको कविता संग्रह “सपनाको क्षितिज”  लोकार्पण कार्यक्रम २५ जुन आइतबारको दिन जोर्डन स्थित बगैचा पार्टी प्यालेसमा भब्यताको साथ सम्पन्न भएको छ । 
 
शृङ्खलाको सम्योजक लाल बहादुर गुरुङ ज्युको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वैदेशिक लेखक संधका उपाध्यक्ष तथा सब्लाबुङ्ग पत्रीकाका संम्पादक राज कुमार राईको  प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 
 
उक्त भेला द्धवारा हङकङ साहित्य श्रृङ्खलाको नयाँ संयोजक र सहसंयोजकमा क्रमश: साहित्यकार  डि . बी.पालुङ्वा र सुनिता गिरी लाई चयन गरेको छ । 
 
हङकङ साहित्य शृङ्खलाले विभिन्न बिधामा प्रदान गर्दै आएका  सम्मान तथा पुरस्कार यो पटक भने नेपाली  डायस्पोरिक साहित्य मा योगदान का निम्ति  कृष्णप्रकाश श्रेष्ठ  मास्को रसिया , नेपाल वाट डायस्पोरिक साहित्य  खोज अनुशन्धनका निम्ति  डा भक्त  राई , हङकङमा  नेपाली  भाषा सेवा मा एक राज राई र  हङकङ वाट प्रकाशित कृतिमा पुर्णिामा  शाह लाई  प्रदान गरिएको छ । शृङ्खलाले दिइएको उक्त पुरस्कारको रासि हङकङ डलर ११११ रहेको छ ।
 
त्यसै  साहित्यकार कृष्ण प्रकाश श्रेष्ठ,स्वदेश साहित्य पुरस्कार डाक्टर भक्त राई(नेपाल),नेपाली भाषासेवा पुरस्कार एकराज राई(हङकङ) र प्रकाशित कृति पुरस्कार पूर्णिमा जी शाहलाई प्रदान गरिएको छ। 
 
श्रृङ्खलाका निबर्तमान संयोजक लाल बहादुर गुरुङ र चित्रकार  दीपेन्द्र राईलाई पनि कदरपत्र(ताम्रपत्र)प्रदान गरिएको थियो ।  साथै हङकङ साहित्यिक साझा श्रृंखलाको “श्रृंखला भाग-३” पनि सोही अवसरमा बिमोचन  भएको थियो ।