आई सि एन वोर्ल्ड च्याम्पिएनसिपमा


Date:2017-06-19
नेपाली भिजन  ।  आई सि एन कम्पिटिटर राजु  महर्जन , दिपु मुनिकर , बिनोद महर्जन , मिलन  राइले आउने हप्ता फुकेट थैल्यान्डमा हुन गैरेहेको आई सि एन वोर्ल्ड च्याम्पिएनसिप प्रतियोगितामा सहभागीता  गर्ने भएका छन् ।
 
 
एक भेटघाट कार्यक्रमको आयोजना गरी  आई सि एन नेपालका  प्रेसिडेन्ट  सन्तोष कुमार श्रेष्ठले सो कुराको जानकारी नेपालीभीजनलाई गराएका हुन् । उक्त कार्यक्रममा भेटघाट काय्रक्रममा आई सि एन नेपाल प्रेसिडेन्ट  सन्तोष कुमार श्रेष्ठ अनि जनरल सेक्रेटेरी अनुप मान महर्जन बाट खेलाडी लाई जर्सी बितरण  गरी आउने हप्ता फुकेट थैल्यान्डमा हुन गैरेहेको आई सि एन  वोर्ल्ड च्याम्पिएनसिप  प्रतियोगिताको लागि अग्रीम शुभकामना  दिइ बिदाइ पनि गरिएको थियो   । 
 
 
राजु  महर्जन , दिपु मुनिकर , बिनोद महर्जन  मिलन  राइ र  कोच सन्तोष श्रेष्ठ यही हप्ता  २३, २४ र  २५ जुनमा प्रतियोगितामा  नेपाल र  नेपालिको प्रतिनिधित्व गर्ने छन् ।