उपाध्यक्षमा नन्द गुरुङको उमेद्वरी घोषणा


Date:2017-06-15
नेपाली भिजन । पश्चिम सिड्नीको मेरील्याण्डमा अवस्थित बार्दली फंसन सेन्टरमा एक कार्यक्रम गर्दै नन्द गुरुङले गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको उपाध्यक्ष अर्थात एनएसडब्लु स्टेट संयोजकमा आफ्नो उमेद्वारी घोषणा गरेका छन । आयोजित घोषणा कार्यक्रममा आफू निर्बाचित भए एनआरएनएको उदेश्य प्राप्तिका लागि समय खर्चिएर कार्य गर्ने प्रतिबद्धता उनले गरेका छन ।
 
नेपाल पर्यटनमा सहयोग पुर्याउन नेपालबाट कलाकारहरु ल्याएर नेपाली नेपाली बिचमा कार्यक्रम गरेर मात्र पर्यटन प्रवद्र्धन नहुने, यसकालागि अष्ट्रेलियाका स्थानीय कलाकार तथा अन्य बिभिन्न समुदायका कलाकारहरुलाई ल्याउन सके उनिहरुका कारणले धेरै भन्दा धेरै बिदेशि पर्यटकहरु नेपाल फेष्टिभलमा आउने छन जसका कारणले नेपाल पर्यटनमा सहयोग पुग्ने छ, आफूले जितेको खण्डमा यो कार्यको थालनी गर्ने उपाध्यक्षका उमेद्वार गुरुङले बताए । 
 
गएको समयमा थुप्रै नेपाली बिद्यार्थीहरुले समुन्द्रमा जादा ज्यान गुमाउनु परेकाले सम्भावित घटनाबाट बच्न चेतनामुलक कार्यक्रमहरु ल्याउने, एनआरएनएएको आफ्नै अफिस स्थापनाका लागि आफूले ४ हजार डलर सहयोग प्रतिबद्धता गर्दै कार्यलय स्थापना गर्ने, स्थानिय स्तरमा बढि ध्यान दिंदै संस्थाले गर्दै आएको अबिभावक भ्रमण तथा पिकनिक, खेलकुद लगायतका लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिने, एनआरएनए आईसीसीले अघि सारेका परियोजना, परोपकारी कार्यक्रम तथा भवन निर्माण लगायतका कायक्रमहरुमा सक्रिय सहभागिता जनाई अधिकतम सहयोग जुटाउन बातावरण बनाउने लगायतका थुप्रै प्रतिबद्धता गुरुङले उमेद्वारी घोषणा गर्ने क्रममा गरेका छन । 
 
सोहि कार्यक्रममा इर्शाद अहमेदले एनएसडब्लु स्टेटको कोशाध्यक्षमा, बिजय पौडेलले स्टेट यूवा संयोजकमा, सरोज पाण्डेले स्टेट सदस्यमा, दिल तामाङले स्टेट सदस्यमा, हिरा गिरीले स्टेट सदस्यमा, अनिशा गिरीले स्टेट सदस्यमा, प्रेम निरौला (सुवास) ले स्टेट सदस्यमा र भिमराज सुब्बाले एनसीसी सदस्यमा आफ्नो उमेद्वारी दिने बताएका थिए । 
 
कार्यक्रममा एनआरएनए आईसीसी प्रवक्ता रन्जु वाग्लेले सबैलाई शुभकामना दिंदै एनआरएनएमा काम गर्न चाहना राख्नेले केहि समय र आर्थीक सहयोग गर्छु भन्ने अठोटका साथ आउन अग्रह गरेकी थिईन । उनले संस्थाका केहि उदेश्यहरुका बारेमा समेत प्रकाश पारेकी थिईन । 
 
जलपालन सहित ११ जुन आईतबार दिँउसो आयोजना गरीएको सो कार्यक्रममा समुदायका अगुवाहरु, पत्रकार, आईसीसी सदस्य बालचन्द भटटराई, जनसम्पर्क समिति (एनपिसीसीए) का अध्यक्ष कृष्ण गिरी, बरिष्ठ उपाध्यक्ष सुरेश गुरुङ, एक्का अध्यक्ष निरज श्रेष्ठ, एनआरएनए अष्ट्रेलिया सचिब भिष्म भण्डारी, सदस्य जानकी पौडेल, बिकास केसी, छबि सापकोटा, स्टेट उपसंयोजक प्रकाश खरेल, तनहु समाज अध्यक्ष पिआर अधिकारी लगायतका व्यक्तिहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रम संचालन सुदिप मुडवरीले गरेका थिए ।