सरेहिल्समा नेपालीको स्वामित्वमा बासुकी रेष्टुरेण्ड


Date:2017-06-08
नेपाली भिजन । सिड्नीको व्यस्थ शहर सरेहिल्समा नेपालीको स्वामित्वमा नेपाली रेष्टुरेण्ड शुरु भएको छ । बासुकी नेपाली स्ट्रिट फूड नामक सो रेष्टुरेण्ड नेपाली समुदायका पुराना व्यवसायी सुरेश गुरुङ र अनिता गुरुङले संचालनमा ल्याएका हुन । रकडेलमा आमा रेष्टुरेण्ड संचालनमा ल्याएका गुरुङ सिड्नीमा टिपिकल नेपाली खानाका परिकारको शुरु गराउने एक मुख्य पात्र हुन । 
 
नेपाली खानामात्र पाउने बासुकी नेपाली स्ट्रिट फूड मा सुलभ मुल्यमा बास्तविक नेपाली स्वाद दिने मुख्य मुख्य खानाका परिकारहरु पाउने गरेको छ । झोलवाल मःमः, बासुकी खाजा सेट ग्राहकहरुले  अत्यादिक मनपराएको परिकारहरु भएको संचालक सुरेस गुरुङले बताए । चाउमिन, मःमःका परिकार, छोईला, अचार लगायत दर्जन भन्दा बढि परिकारहरु १० देखि २० डलरको बिचमा पाउन सकीने र खानाको गुणस्तरमा बासुकीले निक्कै ध्यान पुर्याएको ग्राहक भिम सुब्बाले बताए । 
 
नेपाली समुदायका सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय गुरुङ नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका बरिष्ठ उपाध्यक्ष हुन् । अनुभबि सेफ र स्टाफका साथ व्यवसाय संचालन गर्दै आएका गुरुङको बासुकी रेष्टुरेण्डमा नेपालीहरुको साथसाथै बिदेशिहरुको समेत खाना खानको लागि भिडभाड लाग्ने गरेको पाईएको छ । गुणस्तरमा हामीले कुनै कसुर छाडेको छैनौं, समय ले साथ दिए चाडै सिड्नी सिटीमा अर्को शाखा खोल्न बिचर रहेको गुरुङले हामीलाई बताए ।