प्रधानमन्त्री देउवा सहित ७ जनाले लिए सपथ


Date:2017-06-08
नेपाली भिजन ।
नवनिर्वाचित प्रधानमन्त्री शेर बहादुर देउवालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले ७ जुन बुधबारका दीन पद तथा गोपनीयताको सपथ गराएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजीत बिशेष समारोहमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री सहित उपप्रधानमन्त्रीहरु र मन्त्रीहरुलाई छुट्टा छुट्टै सपथ गराएकि हुन । 
 
 
सपथ लिनेहरुमा
 
शेर बहादुर देउवा – प्रधानमन्त्री
बिजयकुमार गच्छदार – उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय 
कृष्णबहादुर महरा – उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालय
गोपालमान श्रेष्ठ – उपप्रधानमन्त्री तथा शिक्षा मन्त्रालय
ज्ञानेन्द्र कार्की – अर्थ मन्त्रालय
जनार्दन शर्मा – गृह मन्त्रालय
फर्मुल्लाह मन्सुर – श्रम मन्त्रालय
प्रभु शाह – बिना बिभागीय मन्त्रालय
 
८ मन्त्री परीसदको सपथ कार्यक्रममा उपराष्ट्रपति, सभामुख, का. प्रधानन्यायधिस, बिभिन्न संबैधानिक निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा नेताहरु, कुटनितिक नियोगका प्रमुखहरु, पत्रकार लगायतका व्यक्तिहरुको उपस्थिति रहेका थियो ।