भिक्टोरीयामा नेपाल पर्यटन प्रबद्र्धन साँझ २०१७ सम्पन्न


Date:2017-06-03
नेपाली महावाणिज्यदूतको कार्यालय भिक्टोरिया र नेपाली दूतावास क्यानबेराको संयुक्त आयोजनामा नेपाल पर्यटन प्रबद्र्धन साँझ २०१७’ मेलवर्न शहरमा सम्पन्न भएको छ । ३१ मे बुधबार बेल सिटि अवस्थित मन्त्र होटलमा भएको यस कार्यक्रमलाई नेपाल टुरिजम बोर्ड तथा भिक्टोरीयाका नेपाली ट्राभल्स्एण्ड टुर्स व्यवसायीहरुले सहयोग गरेको थियो । भिक्टोरीयामा रही नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने अष्ट्रेलियन ट्राभल अपरेटरहरुलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको महावाणिज्यदूत चन्द्र योन्जनले बताएका छन । 
 
करिब दुई सयजना भन्दा बढीको उपस्थिती रहेको यस कार्यक्रममालाई प्रमुख अतिथि भिक्टोरियाका पार्यटन तथा साँस्कृतिक स्याडो मन्त्री हेइडी भिक्टोरीया, नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन तथा नेपाली दूतावास क्यानबेराको प्रतिनिधि सहचारी डिल्लीराम शर्माले संयुक्त रुपमा पानसमा बत्ती बालेर गरेका थिए । 
 
नेपाल र अष्टे«लियाको सम्बन्ध धेरै वर्षदेखि सुदृढ रहेको बताउँदै कार्यक्रमको प्रमुख अतिथि हेइडी भिक्टोरीयाले नेपाली खाना, रहनसहन, समूदायको एकता, सद्भाव र सांस्कृतिक विविधताले आफुलाई निकै आकर्षित गरेको बताएकी थिइन् । यस किसिमको कार्यक्रमले भिक्टोरियामा
नेपाली पर्यटन प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आफुले छिटो नेपालको प्राकृतिक सुन्दरता हेर्न पाउने अपेक्षा गरेको मन्त्री भिक्टोरीयाको धारणा रहेको थियो ।
 
यसैगरी, कार्यक्रममा बोल्दै अष्ट्रेलियाको विपक्षी दल लेबर पार्टीका प्रमुख बिल सोर्टनकी प्रतिनिधि जेनिफर याङ्गले पर्यटनले आपसी भाईचारा र सद्भाव अभिबृद्धिमा योगदान दिने बताउँदै नेपाली समूदायले आफ्नो कला, संस्कृतिको संरक्षण गरेर बहुसांस्कृतिक अष्ट्रेलियामा उदाहरणीय कार्य गरेको समेत बताएकी छिन् ।
 
नेपाल पर्यटन बोर्डका प्रतिनिधि चिरञ्जीवी देवकोटाले बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशीले पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने भिक्टोरियास्थित संघसंस्था, व्यक्ति र समूदायलाई दिनुभएकोसन्देश प्रस्तुत गर्दै नेपालले आगामी सन् २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेकोले थप सहयोग र सहकार्य अपेक्षा गरिएको बताएका थिए ।
 
कार्यक्रमको सभापतित्व गरिरहेका भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योञ्जनले विशेषगरी भिक्टोरियामा रहेको कुटनीतिक समूदाय, नेपाली ट्राभल एजेन्सीहरु, अष्ट्रेलियन ट्राभल एजेन्टहरु, नेपाल पर्यटन बोर्डका साथै नेपालमा उडान गरिरहेका विमान कम्पनीहरुको सहभागिताले कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रसन्नता व्यक्त गरेका थिए । त्यसैगरी खुशीका क्षणहरुमा मात्र होइन कठीन मोडहरुमा पनि नेपाली समूदाय एकअर्का प्रति सहयोगी भावनाका राख्दै एकताबद्ध रहेकोमा यहाँको नेपाली समूदायको खुलेर प्रशंसा गदै योञ्जनले कार्यक्रम सफल पार्न सहयोग गर्ने यहाँको मिडियाकर्मीहरु लगायत सबैलाई धन्यवाद दिएका थिए ।