नेपालको ४० औं प्रधानमन्त्रीमा देउवा


Date:2017-06-07
नेपाली भिजन । व्यवस्थापिका संसदको ६ जुनमा भएको प्रधानमन्त्री पदको निर्बाचनबाट बिजयी हुँदै नेपाली कांग्रेसका सभापति माननिय शेर बहादुर देउबा नेपालको ४० औं प्रधानमन्त्री पदमा बिजयी भएका छन । निबर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देउवाका प्रस्तावक रहेका थिए भने नेका बिरष्ठि नेता रामचन्द्र पौडेल, विजयकुमार गच्छदार लगायत समर्थक रहेका थिए । सरकार संचालनका लागि नेपाली कांग्रेस र नकपा एमाले बिच भएको आपसी समजदारी अनुरुप दाहालले राजिनामा दिई देउवालाई प्रधानमन्त्रीमा निर्बाचीत भएका हुन । 
 
संसदमा जम्मा ५९३ जना सांसदहरु रहेकोमा ५५८ सांसद उपस्थित भई मतदानमा सहभागिता जनाएका थिए । मतदानमा देउवाको पक्षमा ३ सय ८८ मत र बिपक्षमा १७० मत परेको थियो । देउवाले प्राप्त गरेको मत स्पष्ट बहुमत भएकाले सभामुख अनेसारी घर्तीमगरले  माननिय शेर बहादुर देउबा नेपालको ४० औं प्रधानमन्त्री पदमा बिजयी भएको घोषणा गरेकी थिईन । 
 
स्थानिय निर्बाचन सम्पन्न गर्न बाँकी रहेका प्रदेश १, २, ५ र ७ मा असार १४ मा निर्बाचन गराउने, संबिधान संसोधन गरेर मधेश केन्द्रित दलहरुलाई राष्ट्रिय सहमतिमा ल्यउने, प्रदेश र संसदको निर्बाचन आगामी माघ ७ गते सम्ममा सक्नु पर्ने जस्ता चुनैति चौथो पटक प्रधानमन्त्री भएका देउवाको काधमा आएको छ । संसदमा संबोधन गर्ने क्रममा देउवाले नेपाली कांग्रेसको मुख्य ३ मुद्दाहरु छनः राष्ट्रियता, प्रजातन्त्र र समाजवाद यहि बिषयलाई अगाल्दै सहमति र सहकार्यबाट समृद्ध नेपाल निर्माणमा जुट्ने बताएका थिए ।
 
२००४ जेठ ३० गते रुवाखोला असिग्राम ५ डडेलधुरामा जन्मिएका देउवा हाल बुढानिलकण्ठ नगरपालीका १ भद्रकालीमा बसोबास गर्दै आएका छन् । सक्रिय बिद्यार्थी राजनीतिमा होमिएका देउवा दूईपटक नेपाल बिद्यार्थी संघको निर्बिरोध सभापति हुँदै नेपालको राष्ट्रिय राजनीतिमा उदाएका हुन ।