सिड्नीमा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम


Date:2017-06-05
नेपाली भिजन । नेपाली दूतावास, क्यानवेरा र एनएसडब्लु महाबाणिज्यदूत दीपक खड्का को संयूक्त आयोजनामा सिड्नीमा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरीएको छ । बिगत बर्षहरु झै यस बर्ष पनि कार्यक्रमलाई निरन्तरता दिदै नेपाल पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने कार्य भएको छ । बिदेशी नागरीकहरुको संख्यात्मक उपस्थिती रहेको सो कार्यक्रम एक उत्कृष्ठ आयोजना भएको कार्यक्रममा उपस्थित ट्राभल्स एण्ड टुर व्यवसायी रोहित खड्काले नेपाली भिजनलाई बताए । 
 
३ जुन शनिबार मोर पार्क गल्फ क्लब, मोर पार्कमा रात्रिभोज सहित आयोजना गरीएको सो कार्यक्रममा नेपाल पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने कार्यपत्र तथा सामाग्रीहरु प्रस्तुती गर्नुका साथै नेपाली बालबालीकाले कलात्मक नृत्य प्रस्तुत समेत गरेका थिए । 
 
 
नेपाल घुम्नका लागि उत्कृष्ठ गन्तब्य भएको जानकारी गराउँदै घुम्ने तालिका बनाउन सबै बिदेशीहरुलाई मन्तब्यका क्रममा कार्यबहाक राजदूत महामहिम राजेन्द्र पाण्डेले अनुरोध गरेका थिए । पर्यटन व्यवसायीहरुलाई बिशेष लक्षित गरी कार्यक्रममा बोलाईएकोले दूतावास र आफूले नेपालको पर्यटनमा बिकास पुर्याउन पर्यटक लैजाने बल्सी बढ्ने कार्य गरेको महाबाणिज्यदूत खड्काले बताए । पर्यटन क्षेत्रमा काम गर्ने नेपाली तथा बिदेशी साथीहरुको सहयोगबाट नेपालमा पर्यटकको संख्या बढाउन सकिने बिचार खड्का ले राखेका थिए । 
 
 
कार्यक्रममा अष्ट्रेलियन केन्द्रियसरकारका संसद लिंडा बर्नी र राज्य सरकारका संसद जुली फिनले समेत नेपाल र नेपालीको महिमा गाँउदै बिचार राखेका थिए । ब्यवसायी, समुदायका अगुवा तथा पत्रकारहरुको उपस्थिती रहेको सो कार्यक्रमको अन्त्यमा ट्राभल्स एण्ड टुर संचालकहरुका तर्फबाट नेपाल भ्रमण गर्न बिभिन्न प्याकेज सहितको राफल प्रतियोगिता समेत गरीएको थियो । कार्यक्रम नेपालीहरुका साथी ५८ पटक नेपाल भ्रमण गरेका क्रिस वाल्करले संचालन गरेका थिए भने डा. भरत पौडेलले कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।