गायक कुमार बस्नेतमा पुरानै जोश


Date:2017-06-04
सिड्नी, नेपाली भिजन । उमेरले बुढो भए पनि मनले बुढोपन देखाएनन् गायक कुमार बस्नेतले सिड्नीमा । लोक गीतका सम्राट बस्नेतले अफूजहाँ जहाँ गयो त्यहि नेपाल बोकेर जाने गरेको भावनात्मक बिचारहरु समेत गायनका क्रममा दर्शकमाझ राखेका थिए । लप्सीको गेडो चुसेर, तिम्रो बा लाई सलाम छ आमालाई नमस्ते, छोरी भन्दा आमा तरुनी लगायतका अत्याधिक लोकप्रिय गीतहरु लाईभ व्याण्डका साथ प्रस्तुत गरेर मन्त्रमुग्न मात्र बनाएनन् बस्नेतले पुरै हलमा उपस्थित दर्शकलाई नचाएका पनि थिए । 
 
झापाली समाज अष्ट्रेलियाको आयोजनामा ३ जुन शनिबारका दिन हर्सभिलको माराना अडिटरियमहलमा आयोजित सुमधुर सांगितिक साँझ २०१७ कार्यक्रममा प्रमुख कलाकारका रुपमा बस्नेत नेपाल देखि आएका थिए । कार्यक्रममा चर्चित नायीका निता ढुङ्गानले दर्शकमाझ नै गएर नृत्य प्रस्तुत गर्दै निक्कै मनोरञ्जन प्रदान गराएकी थिईन । कार्यक्रममा गायक दलि तामाङ, सुजाता उपाध्याय, किरण भण्डारी, कलाकार भुपेन्द्र चुडाल लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । झापाको सामाजिक बिकासका लागि आयोजना गरीएको सुमधुर सांगितिक साँझ २०१७ संचालन भने संचालिका रिनु महर्जनले गरेकी थिईन । 
 
समाजका अध्यक्ष दीपक खनालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष दीपक चुडाल, महासचिब रुपक मैनाली, सचिब अशोक उप्रेति, कोशाध्यक्ष अजय राजबंशी, संरक्षक दीनेश पोखरेल लगायतका झापाली तथा समुदायका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम साँझ ६ बजे देखि ११ बजे सम्म चलेको थियो ।