सभासद डिना उपाध्यायसंग सिड्नीमा कार्यक्रम


Date:2017-05-28
सिड्नी, नेपाली भिजन । नेपाली पिपुल्स कोअर्डिनेशन कमिटि अष्ट्रेलिया (एनपिसीसीए) अर्थात जनसम्पर्क समितिले एक कार्यक्रम गर्दै पुर्व मन्त्रि, सभासद तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य माननिय महालक्ष्मि उपाध्याय (डिना) संग नेपालको बर्तमान राजनीति बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अष्ट्रेलियन सरकारको निम्तोमा अष्ट्रेलिया आउनु भएकी उपाध्यायले औपचारीक भ्रमण सकिए पछि अन्तरक्रियामा सहभागिता जनाउनु भएको हो । 
 
कार्यक्रममा सहभागिता जनाउँदै  उपाध्यायले नेपालकै बुढो पटि नेपाली कांग्रेसले पार्टी र संगठनका लागि नलडेकाले सर्वत्र नकरात्मक चर्चा बढि हुने गरेको बताउनु भयो । तसर्थ समया अनुकूल परिवर्तनका लागि लडेको यस पाटिले सबैलाई मिलाएर अघि बढ्दै आफ्ना लागि पनि लड्नु पर्ने तर्क राख्नु भयो । न्यायपालीकालाई स्वतन्त्र हुनुपर्छ, राजनीतिक हस्तक्षेप बाट टाढा रख्नै पर्छ तर सरकार संचालनका आफ्ना नीति नियमहरु छन् त्यसको सम्मान गर्दै सरकारको कार्यमा न्यायलयले पनि हस्तक्षेप गर्न नहुने प्रष्ट्याउँदै हस्तक्षेप गर्न खोजेकै कारणले प्रधानन्यधिसलाई महाअभियोगको प्रस्ताव प्रस्तुत गर्नु परेको उहँले बताउनु भयो । बर्तमान पहिलो चरणको निर्बाचन सम्पन्न  संबिधान कार्यन्यनको एक पक्ष आफैमा उपलब्धि हो, ३ प्रदेशको मात्र निर्बाचन भएको छ बाँकि ४ प्रदेशको निर्बाचन सम्पन्न गर्दै गर्दा ६० प्रतिशत भन्दा बढि बिजयी कांग्रेसले गर्ने बिश्वास रहेको उपाध्यायले बताउनु भयो । 
 
 
 
एनपिसीसीए अर्थात जनसम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा गिरीले सभासद उपाध्यायको अष्ट्रेलिया भ्रमणले दूई देश बिचको संबन्ध बिस्तारमा थप मद्दत पुग्गेको बताउनुभयो । नेपाली कांग्रेसको नयाँ नेतृत्व आएको एक बर्ष अवधिमा मुख्य ३ भात्रृ संगठनको महाधिवेशन सम्पन्न गर्नु, प्रमुख दल भएकाले जनताको मतलाई सम्मान गर्दै पार्टीलाई सरकारमा राखेर संबिधान कार्यन्यन गराउँदै १८ बर्ष पछि भएको ऐतिहासीक निर्बाचन अघिबढाउनु नेपाली कांग्रेस र नेतृत्वले गरेको उपलब्धि भएको र यसमा सबै नेपालीको जीत भएको गिरीले बताउनु भयो । 
 
 
कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष सुरेश गुरुङले अतिथिहरुलाई स्वागत गर्नु भएको थिए भने संरक्षक प्रेम सापकोट, एनआरएनए अष्ट्रेलिया अध्यक्ष सुरेन्द्र सिग्देल, चितवन समाजका अध्यक्ष बुद्धि डल्लाकोटि, आईएनएसका अध्यक्ष सुवन चौलागाई, एनएसडब्लूका लागि महाबाणिज्यदूत दीपक खड्का ले आफ्नो बिचार राख्नु भएको थियो । 
 
बोल्ने क्रममा खड्काले सभासद उपाध्यायको भ्रमणले दूई देश बिच आपसी सदभाव बढाएकोमा धन्यबाद व्यक्त गर्दै हामी सबै नेपालीले समुदायमा आफ्नो ठाँउबाट सकारात्मक सोच बिस्तार गरी कार्य गर्दै अघि बढ्नु पर्ने बिचार राख्नु भयो । 
 
समितिका कार्यबहाक महामन्त्रि रोहित खड्काले संचालन गुर्नु भएको स्वो कार्यक्रममा समितिका राजेश केसी, एनआरएनए अष्ट्रेलियाका डा. ज्ञानेन्द्र रेग्मी, जानकी पौडेल, नन्द गुरुङ, बिकास केसी, एक्का अध्यक्ष निरज श्रेष्ठ, भिम सुब्बा, बिष्णु पौडेल, फ्रेण्डस अफ लेवरका हेरिस भेलजि लगायत नेपालीहरुको उपस्थित रहेको थियो ।