जुलाई ८ मा एनआरएनए अष्ट्रेलियाको निर्बाचन हुने


Date:2017-05-23
नेपाली भिजन । दूई बर्षमा एक पटक हुने गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अधिवेशन तथा निर्बाचन जुलाई २०१७ मा हुने भएको छ । राष्ट्रिय व्यापि निर्बाचन जुलाई ८ मा हुने भएको छ भने अधिवेशन जुलाई २२ मा हुने संस्थाले जनाएको छ । पुरानो संरचना र ढाचा अनुसार सामान्य कुरामा परिवर्तन गरी प्रत्येक स्टेटमा एकै दीन निर्बाचन हुने भएको संस्थाका अध्यक्ष सुरेन्द्र सिग्देलले बताएका छन् । २२ जुलाई मा हुने अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रम भने यस पटक सिड्नी भन्दा बाहिर क्वीन्सलेण्ड राज्यमा हुने प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले बताएका छन् ।
 
बिधानमा यसपटक गएको बर्ष भन्दा स्टेट काउन्सिलको संख्यामा कम गरीएको छ । बढिमा स्टेट समितिमा पदाधिकारी सहित १३ जना रहने छन भने यूथ र महिला समितिको छुट्टा टुट्टै निर्बाचन हुने भएको संबिधान संसोधन संयोजक निरज श्रेष्ठले बताएका छन् । एनएसडब्लुको हकमा भने यूथ कोअर्डिनेटर सहित ४ सदस्य र महिला संयोजक सहित ४ सदस्यको निर्बाचन हुने भएको छ भने स्टेट सदस्यता संख्याको आधारमा थप सदस्यहरु मनोनित हुने छन । 
 
सिड्नीबाट मतदानमा सहभागि हुने एक व्यक्तिले राष्ट्रिय पद तथा सदस्यहरु, अन्तर्राष्ट्रिय सदस्यहरु, स्टेट समिति, यूथ र महिला लाई गरी ४० भन्दा बढि मत दिनु पर्ने देखिन्छ । यति धेरै व्यक्तिहरुलाई मतदान गर्नु पर्ने हुँदा निर्बाचन आफैमा निक्कै कष्टकर र झन्झटिलो हुने देखिन्छ । 
 
सदस्यताका लागि अप्रिल ३० सम्मको समय दिईको थियो भने सो समया अवधिमा ८ हजार ४ सय भन्दा बढि व्याक्तिहरु सदस्य भएका छन् । संस्थाले सदस्यहरुको नामावलीको अन्तिमरुप दिई निर्बाचन समितिलाई जिम्मा लगाएपछि निर्बाचन समितिले काम गर्ने संस्थाका सचिब तोनु घोथानेले बताए । मे महिनाभरी मा सो कार्य सकेर निर्बाचन समितिलाई जिम्मा लगाईने तयारी भएको घोथानेले बताए ।
 
 
संस्थाको निर्बाचन गराउने जिम्मेवारी पाएका क्यानवेरा निवासी केन्द्रिय निर्बाचन संयोजक डा. कृष्ण हमाल र उनको समितिले निर्बाचन तयारीका लागि कार्य थालि सकेको बताएका छन् । निर्बाचन स्थलमा गएर कम्प्यूटरमा मतदान गर्ने प्रविधि गएको बर्ष बाट अपनाईएको थियो भने ईन्टरनेट लगायतका प्राविधिक समस्याले गर्द मतदातालाई लामो लाईन बस्नु पर्ने सास्थी परेको थियो । यस बर्ष सोहि प्रविधि अपनाईने भए पनि चुस्त र फाष्ट ईन्टरनेटको व्यवस्था गरी मतदातालाई सरल र सजिलो बनाउन संस्थाका पदाधिकारी र निर्बाचन समितिले गृहकार्य थालेको बताईएको छ ।