सिड्नीमा सगुन, पुनः सेयार खुल्दै


Date:2017-05-21
सिड्नी, नेपाली भिजन । अष्ट्रेलियाको सिड्नीमा सगुन ले एक कार्यक्रम सम्पन्न गर्दै सगुन के हो कसरी कार्य गर्छ र यसको प्रयोग कर्तालाई कसरी फाईदा दिन्छ लगायतका बिषयमा अन्तरक्रिया सम्पन्न गरेको छ । कनेक्ट, सेयर एण्ड अर्न को नारा राखेको सगुनमा फेसबुक लगायतका सामाजिक संजाल, इकमर्श र पैसा कमाउने कुराको मिश्रण रहेको बताईएको छ । 
 
१९ मे शुक्रबार साँझ रकडेलमा अवस्थित ईन्द्रेणि फंसन सेन्टरमा आयोजित सो कार्यक्रममा सहभागिता जनाउन सगुनका संस्थापक गोबिन्द गिरी अमेरीका देखि आएका थिए । गिरीले सगुनका बारेमा पावर प्रेजेन्टेशन सहित प्रकाश पारेका थिए । नयाँ बिचार र धेरै कुरा एकै ठाँउबाट उपलब्ध गर्न सकिने भएकाले बर्तमानलाई हेर्दा भबिष्य राम्रो रहेकाले सगुनमा सेयर हाल्न अनुरोध समेत गरेका थिए । सगुनले पुनः सबैका लागि सेयर खुलाउने भएको जानकारी गराईएको छ । अमेरीकाबाट संचालित र मुख्य कार्यलय भए पनि सगुन नेपालीहरुको र नेपालीबाट संचालित भएकाले पहिलो प्रथामिकता नेपालीहरुलाई नै दिईएको गिरीले बताए । सगुनबाट सेयर धनिलाई मात्र हैन यसको प्रयोग कर्तालाई पनि आम्दानि दिने पहिलो कन्सेप्ट भएकाले यसको प्रयोग कर्ता दिनानुदिन बढ्दै गएको उनले बताए । 
 
कार्यक्रममा सगुनका को फाउन्डर कबिन सिटौला, ग्लोवल कोअर्डिनेटर परशुराम तिमिल्सिना को समेत उपस्थिति रहेको थियो भने बोल्ने क्रममा उनिहरुले सगुनको बारेमा बृस्तृत जानकारी गराएका थिए । अष्ट्रेलियाका सगुन संयोजक खेम राज पगेनीले उपस्थित नेपालीहरुलाई स्वागत गरेका थिए भने सल्लाहकार सुरेन्द्र सिग्देलले सबैलाई धन्यबाद मन्तब्य राखेका थिए ।
 
कार्यक्रममा उपस्थित व्यवसायीहरुले राखेको जिज्ञासको उत्तर सगुन संचालकहरुले दिएका थिए । कार्यक्रममा नेपाली समुदायका व्यवसायी, पत्रकार र संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रवेश निशुःल्क राखिएको सो कार्यक्रममा रात्रिभोजको समेत व्यवस्था गरीएको थियो ।