अन्तिम एब्स्ट्र्याकका चार हरफ


Date:2017-05-22
अस्ती अचानक फेरी रुख चड्ने रहर जागेर आयो । रुख चड्नुको छुट्टै आनन्द हुन्छ भन्ने सबैलाई लाग्दो होला तर मैले भने  एब्स्ट्र्याक चिन्तन गर्नकै लागी रुख चड्ने इक्षा गरेको थिए । यो मेरो एब्स्ट्र्याक चिन्तनको चौथो तथा अन्तिम हरफहरु हून् । चौथो भाग । 
 
यो चार अंक पनि मलाई बडो गजबको लाग्छ । यो गणितिय चार अंक भित्र लाग्छ रह्स्यका भकारीहरु छन् । बच्चामा हजुर आमाले भालुको कथा सुनाउदा चार बडो शक्तिशाली थियो । जङलमा हराएकाहरुलाई भालुले एक्लै भए खान्छु , दुक्लै भए पछार्छु , तिक्लै भए लखेट्छु , चार जना भए आँफै भाग्छु भन्छ रे । 
 
चार फेरी क्रान्तिको सुरुवात पनि हो । म सम्झन्छु सानोमा कक्षा कोठामा दादा भनौदा भुसतिघ्रेहरुले प्याट् प्याट् पछाडि बाट कानको लोती पड्काउदा सहेर बस्ने म जस्ता लुरेले पनि चौथो प्राहार सहन नसकेर क्रान्तिको ज्वालामुखी बिस्फोट गराएको । मैले जीवनमा पहिलो र अन्तिम पटक मान्छे कुटेको तेही दिन थियो । तेस दिन देखी उसको मानर्थ टाइटल दादा सदाको लागि खोसिएको थियो । बुद्धको संगतले अंगुलिमाल साधु भए झै मेरो क्रान्तिले उ साधु हुन पुगेको थियो । 
 
अरु के द्रीस्टान्त दिउ , जिन्दगीनै चार दिनकी चान्दनी भन्छन् । चार आना जग्गा भए घरनै बन्छ । चार जना भए तास खेल्ने कोरम पुग्छ । चार जनाको परिवार शुखी परिवार । मेरो अन्तिम  एब्स्ट्र्याकका चार हरफ यस्तै छ । 
 
म चिन्तन गर्न रुख चडेको थिए । चिन्तन गर्ने म सँग कारण पनि थियो । मलाई मेरो एब्स्ट्र्याक पात्र कमलाको बिसर्जन गर्नु थियो । अब म कमलाको प्र्मी रहिन । एक युग लामो हाम्रो प्रेम अन्त भएको छ । जे भएपनी हाम्रो माया त कडा नै छ भन्ने मेरो भ्रम सामप्त भएको अबस्ता । भर्खर भर्खर हाम्रो प्रेम पर्दा उनले  मलाई   प्रश्न गरेकी  थीइन्  । हाम्रो प्रेमको आधार के हो ? मैले उत्तर दिएको थिए । ट्रस्ट । अनी तिम्रो ? उनको उत्तर थियो फेथ । तर बास्तममा न उनमा ट्रस्ट थियो न त फेथ नै । हाम्रो बिछोडको आधार पथेटिक थियो । एक यूग लामो पिरती बिनाकारण मोबाइलामा एक टेक्स्ट गरेर भात्काइयो । ताज महल लाई  तासको पत्ता बनाइयो । तर प्रिया म पनि एउटा घोषणा के गर्छु भने आगामी जिबनको बाटोमा तिम्रो खोजी तेही फेथ रहने छ । प्रतेक सम्बन्धमा तिमीले मेरो छाया देख्ने छौ ।त्यो छायाले तिमीलाई मध्य गर्मिको घामले झै पोल्ने छ । 
 
हाम्रो सम्बन्ध बिछेद गर्ने आधार प्रस्तुत गर्न तिमीले राखेको तर्क पथेटिक हो । बिना प्रश्न माया लाउन पाउने र बिना  प्रश्न माया तोड्न पाउने सहमतिको सम्झना दिलाउदै गलत नजिरको कार्ड प्रयोग गरेछौ  । प्रेम बाचाउनको लागि बिन सन्कोचको सहमति थियो त्यो । आफु अनुकुल प्रेम तोड्न प्रयोग गरेछौ । त्यो पथेटिक व्यबहार हो । 

तिम्रो अर्को तर्क थियो म आफुले आफुलाई फोर्स गर्न सक्दिन । बिरामी आमालाई एउटा हातले भात खुवाउदै अर्को हातले फोनमा म सँग घण्टऔ कुरा गर्थेऔ । हो म पनि मान्दछु मायामा फोर्स हुँदैन । तर म कसरी मानु हाम्रो मायामा एक ले अर्कालाई फोर्स गरियो भनेर । 
 
तिमीले अर्को तर्क दिएको छौ । यू रार टू गूड् टु बि रियल । एस्तै कुरालाई पथेटिक भनिन्छ । मलाई थाहा छैन कसरी तिमीले अाफ्नो अभिब्यक्तिको बोझ बहन गर्ने छौ । तिमीले कती सजिलै भनीदिएछौ । हाम्रो प्रेममा स्पार्क नै छैन । हिर्दय र मस्तिस्क दुबैले स्वार्थको भाषा बोल्न थाले पछी स्पार्क निस्किदैन माते । 
 
यो बिछेद मेरा सम्पूर्ण पात्रको लागि हितकारी छ । बाँकी हिसाब किताब गर्न तिमीसँग जिबननै बाँकी छ । तर कुनै दिन मेरो जस्तै नमिलेको जिबनका हिसाब किताब तिम्रो पनि नहोस् । कस्ले के गुमायो त्यो त समयले बताउला तर मैले मेरो लेखको पात्र सफलतापुर्वक गुमाए । 
 
निबन्ध लेखनको रस पनि बडो गजबको हुन्छ । न सुरुवातको हेक्का रहन्छ न त आन्तको सिमा नै हुन्छ । म कलम र कमला सँग झुठो नबोल्ल्ने मान्छे । तिमीलाई एउटा प्रेमिले प्रेमिका लाई दिनसक्ने बाहेक एउटा छोरोले आमालाई दिन छुटाएको , एउटा बाउले छोरीलाई दिन नपाएको माया पनि दिन खोजेको थिए । त्यो त दिन पाईन तर तिम्रो नाममा एउटा लेख लेख्ने वाचा चाँही पुरा गरेँ । तिम्रो लागि मेरो अन्तिम एब्स्ट्र्याकका चार हरफ उपहार भो ।  राजेश्वोर घिमिरे  ।