प्रा श्रेष्ठ एसियन च्याम्पियनशिपमा


Date:2017-05-13

नेपाली भिजन । अष्ट्रेलियामा अभ्यास गर्दै आएकी प्रकिर्ती श्रेष्ठ ( प्रा श्रेष्ठले ) नेपालको प्रतिनिधित्व गर्दै ५१ औ एसियन बडी बिल्डिङ ए एफ बि एफ च्याम्पियनशिपमा यही मै १८ देखी २१ सम्म प्रतिस्पर्धा गर्ने भएकी छीन् ।

उनले वमन्स बिकिनी र वमन्स बडी फिटनेश गरी जम्मा दुई क्याटागोरिमा प्रत्स्पर्धा गर्नेछिन , उनका कोच फिटनेस मोडल सन्तोष श्रेष्ठले नेपाली विजनलाई जानकारी दिएका छन् ।  

नेपालको नेपाली बडी बिल्डिङ फेडरेसनले प्रा लाई यो अबसर प्रदान गरेको हो । हाल प्रा यो प्रतियोगितामा स्वोर्ण पदक हासिल गरेर नेपालको सिर उचो राख्ने प्रतिबद्दताको साथ कडा अभ्यासमा लागेकी छीन् , कोच सन्तोष श्रेष्ठले हामीलाई बताएका छन् ।

नेपाली भिजन प्रालाई हार्दिक शुभकामना दिदै उनलाई सहयोग र साथ दिन चाहने सबैलाई हामीसँग अथवा उनको फेसबूकमा सन्पर्क गर्न सकिने जानकारी गराउदछ ।