ढकालको चलचित्र प्रर्दशनी, सिड्नीमा फिल्म फेष्टिभल हुने


Date:2017-04-11
नेपाली भिजन । पश्चिम सिड्नी अर्थात मेरिलेण्डमा अवस्थित बार्दलि फंसन सेन्टरमा गैर आवासीय नेपालीहरुले नेपाली चलचित्रकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । १० अप्रिल साँझ आयोजित सो कार्यक्रममा नायीका केकि अधिकारी र निर्देशक प्रचण्डमान श्रेष्ठको बिशेष उपस्थिति रहेको थियो । 
 
अन्तरक्रियामा सहभागि हुँदै नायीका अधिकारीले आफू चलचित्रमा कसरी आए भन्ने कुरा प्रकाश पारेकी थिईन । उनले नेपाली चलचित्र क्षेत्र आशा लाग्दो प्रगति उन्मूख भएको बताउंदै पाको उमेर भएका नायीकाहरुका लागि पनि अब कथाहरु बन्न सक्छन भन्ने बिश्वास व्यक्त गरेकी थिईन । 
 
त्यसैगरी निर्देशक श्रेष्ठले नेपाली चलचित्र निर्माण गर्दै गर्दा के कस्ता कुरामा बढि ध्यान दिनु पर्छ, नेपाली चलचित्रहरु निर्माण, बितरण, व्यवस्थापन कसरी भईरहेका हुन्छन, एक करोडको लगानिमा बनेको चलचित्रले १५ करोडको व्यवसाय गर्यो भन्दा निर्मातालाई कति पैसा आउंछ जस्ता कुराहरु डाटा सहित जानकारी दिंदै प्रष्ट्याएका थिए । 
 
कार्यक्रममा सिड्नीमा गर्न लागिएको नेपाली फिल्म फेष्टिभलको बारेमा समेत जानकारी दिईएको थियो । टु टेवलद्धारा आयोजना गर्न लागिएको सो फिल्म फेष्टिभल आगामी ३ देखि ५ नोभेम्बर २०१७ सिड्नीमा गरीने आयोजकले बताए । यसका लागि १८ अप्रिल सम्म निबेदन दिनु पर्ने र १० अगष्ट सम्म फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री जे प्रस्तुत गर्ने हो उपलब्ध गराई सक्नु पर्ने बताईएको छ । साथौ फेष्टिभलको समय अवार्ड बितरण समेत गर्ने भनिएको छ । 
 
सोहि दीन पुकार भटटराईद्धारा निर्देशित सिड्नी निबासी सन्नी ढकालद्धारा निर्मित तथा नायीका केकी अधिकारी र ढकालको मुख्य भूमिका रहेको छोटो चलचित्र समेत प्रर्दशनि गरीएको थियो । पहिलो पल्ट पर्दामा देखिएका ढकालको अभिनयको दर्शकहरुले खुब प्रशंसा गरेका थिए । आफ्नो पहिलो प्रयाश मनपराईदिएकोमा ढकालले धन्यबाद व्यक्त गरेका थिए ।
 
आयोजित कार्यक्रममा चलचित्र कर्मी दीनेश पोखरेल, मनोज अधिकारी लगायतले आफ्ना बिचार राखेका थिए । कार्यक्रम वीलशन ले संचालन गरेका थिए भने कार्यक्रम प्रयोजक राईट एण्ड एशोसिएटका बालचन्द्र भट्टराई, पिआर अधिकारी लगायत नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।