सिड्नीमा फूडफेष्टिभल सम्पन्न


Date:2017-04-10
नेपाली भिजन । अन्तर्राष्ट्रिय जगतमा नेपाली खाना प्रस्तुत गर्दै नेपाली खाना चिनाउने उदेश्यले सिड्नी शहरको केन्द्रमा रहेको बेलमोर पार्क, सेन्ट्रलमा ८ अप्रिल शनिबारका दिन नेपाली फुडफेष्टिभल सम्पन्न भएको छ । नेपाली माइग्रेशन तथा इजुकेशन व्यवसायीहरुले मुख्यरुपमा प्रायोजन गरेको यस फेष्टिभलमा नेपाली रेष्टुरेण्ड व्यवसायीहरुले नेपाली खाना परिकारहरुको स्टल राखेका थिए । नेपालमै चर्चा कमाएको बाजेको सेकुवाको उपस्थितिले यस फेष्टिझलको महत्वलाई छुट्टै उचाई दिएको थियो ।
 
लाईन बसेर पनि बजेको सेकुवा खान नपाएको गुनासो गर्नेहरुको संख्या पनि निक्कै थियो । टु टेवाल, प्यासिफिक हस्पिटालिटि एण्ड कुलिनरी एकाडेमि र नेपाली यूवा सुरज प्रधान लगायतका व्यक्तिहरुले संयूक्त आयोजना तथा व्यवस्थापन गरेको यस फेष्टिभलले नेपाल फेष्टिभलको नै रौनक दिएको थियो । बिहान ११ बजे देखि ७ बजे सम्म संचालन भएको यस फेष्टिझलमा खानाका अलावा नेपाली कला संस्कृति झल्कने साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरीएको थियो । 
 
निक्कै उत्साहपुर्वक नेपालीहरु फेष्टिभलमा सहभागिता भएतापनि खानाका स्टल व्यवसायीहरुले नेपाली खानाको स्तर र प्रर्दशनी गरेर बिदेशिलाई नेपाली खानाको परिचय दिने भन्दा पनि धेरै पैसा कमाउनेमा बढि ध्यानदिएको गुनासो गरेका थिए । पहिलो पल्ट आयोजना गरीएको यस कार्यक्रम बस्तबमै राम्रो भएको र आगामी दिनमा आयोजकले निश्चित मापदण्ड बनाएर मात्र खान बेच्न दिनुपर्ने सुझाब जनमानसले आयोजकलाई दिएका छन ।