एनआरएनए अस्ट्रेलियाको सदस्यता खुल्यो


Date:2017-03-21
नेपाली भिजन । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी १७–१९ का लागि साधारण सदस्यता बितरण तथा नविकरण खुल्ला गरेको छ । नबिकरण तथा नयाँ सदस्यता अनलाईन अर्थात संघको वोईबसाई बाट लिन सकीने संघले जनाएको छ । २ बर्षको एक कार्यकाल रहदै आएको यस संस्थाको सदस्यता हरेक दूई बर्षमा नबिकरण गरीनु पर्ने बिधानमा रहेको छ । १७–१९ कार्यसमितिका लागि आगामी जुलाईमा हुने निर्बाचनमा सहभागिता जनाउन वा मतदान गर्ने अधिकार सुनिश्चित गर्न अप्रिल ३० सम्ममा सबैले नबिकरण वा नयाँ सदस्यता लिई सक्नु पर्ने प्रावधान रहेको संघका प्रवक्त डा. ज्ञानेन्द्र रेग्मीले बताए । 
 
मतदान अधिकार सहितको सदस्यता लिन वा नविकरण गर्न प्रति व्यक्ति २५ डलर संघलाई बुजाउनु पर्ने हुन्छ । सदस्यताका लागि संघको वोईबसाईट लिंकः https://nrn.org.au/statemembership/apply/er7uj1d704dv1usfreeogiis26/  । संघले बिधानमा संसोधन गरी यस पटकबाट सदस्यताका प्रकारहरु समेत थप गरेको छ । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली बिद्यार्थी तथा नेपाल र नेपाली संग नजिक संबन्ध राख्ने अन्य मुलुकका विदेशी नागरिकलाई एसोसिएट सदस्यता दिने प्राबधान विधानमा पहिले देखि भए पनि त्यसलाई व्यहवारमा उतार्नको लागि यस पटक देखि अस्ट्रेलियन १० डलर शुल्क लिएर एसोसिएट सदस्यता खुल्ला गरिएको छ । 
 
एसोसिएट सदस्यता शुल्कबाट जम्मा भएको रकम बिद्यार्थी कल्याण कोषमा जम्मा गरेर बिद्यार्थीहरुहरुको हकहितको लागि प्रयोग गरिने जानकारी संघका उपाध्यक्ष दीनेश पोखरेलले बताए । तर १० डलर तिरेर बनेका सदस्यहरुले भने मतदान वा उमेद्धवारीमा सहभागिता जनाउन पाउने छैनन । संघले २५० अष्ट्रेलियन डलर तिरेर आजीवन सदस्यता लिन सक्ने समेत व्यवस्था गरेको छ ।
 
नेतृत्व प्रतिष्पर्धाको चरम बिन्दूमा पुग्ने यो संस्थाको गएको बर्षहरुमा ६ देखि ७ हजारको हाराहारीमा सदस्यहरु हुनेगरेको पाईएको छ । बिगत बर्षमा भन्दा कम उत्साह तथा प्रतिष्पर्धा देखिएको भएता पनि सदस्यतामा कामी नआउने एनआरएनए मा लाग्नेहरु बताउछन् ।