अस्ट्रेलियामा प्रवचन दिंदै डा. योगी


Date:2017-03-06
नेपाली भिजन । पश्चिम सिड्नीको मार्सडनपार्कमा अवस्थित एक मस्कमा हिन्दू, मुसलमान, क्रिश्चयन, सिख लगायतका धर्मावलम्बिहरु एकै ठाउँ बसेर प्रवचन कार्यक्रममा सहभागिता जनाएका छन् । फरक धर्ममा बिश्वास राख्ने गुरुहरु भएपनि एकै ठाउँ बसेर मानवता भन्दा ठूलो भगवान कोहि हुनसक्दैन भनेर दिएको सन्देश नै यो कार्यक्रमको मूख्य आकर्षण भएको थियो । 
 
कार्यक्रको आयोजना अहमादिया मुस्लीम एशोसिएशनले आफ्नै मस्कमा गरेको थियो भने यस कार्यक्रमका मुख्य अतिथि तथा प्रवचनकार नेपाबाट आएका द आर्ट अफ लाईफ का अभियन्त डा. चिन्ता मणि योगी रहेका थिए । करिब एक घण्टाको प्रवचनमा योगीले जिन्दगी जिउने र जिवन आनन्दको महत्वका बारेमा तिन ओटा भाषा प्रयोग गरी सरल तरिकाले बुझाएका थिए । कार्यक्रममा उपस्थित बिभिन्न समुदायका बुद्धिजिविहरुले जिज्ञासा समेत रखेका थिए । डा. योगी प्रत्येक बर्ष अष्ट्रेलियामा भ्रमण गर्दै यहाँको नेपाली समुदाय र बालबालिकाहरुका लागि शौक्षिक तथा ज्ञानज्ञुनका कुराहरु सिकाउने तथा बताउँदै आएका छन् । गएको बर्ष देखि उनका बिचारबाट प्रभावित भएर अन्य समुदायहरुले पनि सिड्नीमा कार्यक्रमको आयोजना गर्दैआएका छन् ।
 
५ मार्च आईतबार साँझ ५ बजे देखि ९ बजे सम्म भएको सोहि कार्यक्रममा मुस्लिम समुदायका अग्रज इमान कौसिर अर्का आकर्षक रहेका थिए । उनले बाटो फरक भए पनि पुग्ने गन्तब्य एकै भएको र सबैको भगवान एकै हुन भन्ने कुरा लाई सरल परिभाषित गरेका थिए । कार्यक्रममा नेपाली समुदायका दीपक खड्का, इन्द्रा बन, सुदिप कार्की, कृष्ण गिरी, सम्भू पोखरेल, महेन्द्र लम्साल लगायतका व्यक्तिहरुको उल्लेनिय उपस्थिति रहेको थियो । 
 
कार्यक्रम समापन पछि उपस्थित अतिथिहरुलाई आयोजकले निशुःल्क रात्रिभोजको व्यवस्था समेत गरेका थिए । पहिलो पल्ट फरक प्रबृतिको कार्यक्रमको आयोजना गरीएको भएकाले उपस्थित भएका अतिथिहरुले निक्कै ध्यानपूर्वक प्रवचन सुनेका थिए । कार्यक्रममा आष्ट्रेलियाको बिभिन्न समुदायमा कार्य गर्दै लोकप्रिय रहेका हेरीस भेल जी र आएशा अम्जादको समेत उपस्थिति रहेको थियो । व्यवस्थापनमा सहयोग पुराएका भेलजी ले संसद मिशेल रोलेण्डको शुभकामना सन्देस पढेर सुनाएका थिए भने आएशाले कार्यक्रमको समालोचना गर्दै मन्तब्य राखेकि थिईन ।