साहित्यकार राजेश्वोर घिमिरेको तेश्रो पुस्तक बिमोचित


Date:2017-02-26
नेपाली भिजन । काठमाडौं नेपाल 25/02/2017, शनिबार , अस्ट्रेलिआका नेपाली लेखक तथा युवा साहित्यकार राजेश्वोर घिमिरेको तेश्रो पुस्तक लघु उपन्यास गौतम बुद्धको शहरको बिमोचन  चोईस होटेल स्वोयम्भु काठमाण्डुमा एक भब्य समरोह बिच सम्पन्न भएको छ । आशा प्रतिस्ठानले आयोजना गरेको उक्त कार्यक्रममा झैन्डै १५० साहित्य प्रेमीहरुको उपस्थिती भएको थियो । प्राज्ञ तथा वरिस्ठ साहित्यकार गिता केशरी को सभापतित्वमा सम्पन्न उक्त समरोहमा प्रमुख अतिथी प्राज्ञ तथा इतिहासविद दिनेश राज पन्त लगाएत आशा  प्रतिस्ठानका सम्ररक्षक एस पि आशा , बिशिस्ठ अतिथी जन प्रभात मा बि का पुर्व प्रधानआध्यपक बसन्त मानन्धर , आशा प्रतिस्ठानका अध्यक्ष उमा घिमिरे , प्राज्ञ तथा समालोचक कृष्ण गौतम र प्राज्ञ तथा प्राध्यपक डा कृष्ण प्रसाद दाहाल , भाषा सम्पादक प्रधुम्न रेग्मी , विश्वो हिन्दू परिषदका महामन्त्री उद्धब घिमिरे र अन्य दर्जनौ साहित्यकार र साहित्य प्रेमीहरुको उपस्तिथी रहेको थियो । 
 
आशा प्रतिस्ठानका अध्यक्ष उमा घिमिरेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा समलोचक प्राध्यपक डा कृष्ण प्रसाद दाहाल र प्राज्ञ तथा समालोचक कृष्ण गौतमले पुस्तकको समलोचन गर्नुभएको थियो भने दिनेश राज पन्त , एस पि आशा, बसन्त मानन्धर लगाएतका वक्तित्वहरुले आ आफ्नो मन्तबय राख्नु भएको थियो । प्राज्ञ तथा समालोचक कृष्ण गौतमले पुस्तक ले माटो मित्त्रता र प्रेमलाई सरलत पूर्वक सफल प्रस्तुती गर्न सफल भएको बताए भने अर्का समलोचक प्राज्ञ तथा प्राध्यपक डा कृष्ण प्रसाद दाहाल ले पुस्तक गौतम बुद्धको शहर युबा बर्ग लाई अत्यन्तै उपयोगी रहेको र पुस्तकले सुरु देखी अन्त सम्म पाठकलाई बाध्न सफल भएको बताउभएको थियो । आख्यान को अभिब्यक्ती सुन्दर र सरल रुपमा गर्न सफल पुस्तक गौतम बुद्ध को शहर एउटा राम्रो पुस्तक हुन सफल भएको मा बक्ता हरुले लेखकलाई बधाई पनि दिएका थिए ।    
 
लेखक घिमिरेले आफ्नो मन्तब्यमा पुस्तकको चर्चा र सहयोगी हातहरुलाई धन्यवाद प्रकट गरेको थिए । साथै उक्त दिनको पुस्तक बिक्री बाट सन्कलित रकम जन प्रभात मा बि लाई सहयोग स्वरुप प्रधान गर्ने जानकारी पनि गरएका थिए । लेखकले आतिथी हरुलाई मायाको चिनो पनि प्रदान गरेक थिए । कार्यक्रममा सन्स्कृतिक तथा संगीतीक प्रस्तुती पनि गरिएको थियो। प्रयुक्ता घिमिरे र रुसिका बुडाथोकिको आकर्सक न्रित्य , प्रद्योत घिमिरे , रितेश घिमिरे , सुदाम्सु आचार्य , प्रनिश बलामी , स्रसठान्सु आचार्य ले ५ वटा सुमधुर नेपाली गीत संगीत प्रस्तुत गरेक थिए भने  सैलेश  दाहाल , सरद बस्कोटा लगाएत का समुहले नेपाली भजन को बेजोड प्रस्तुती पस्केका थिए ।
 
पुस्तक बिमोचनमा गीत संगीत को साथ साथै भजन को सँगम ले दर्सक दर्सक लाई नाच्न वाध्य बनएको थियो । आयोजक लाई उक्त नयाँ प्रयोग को लागि प्रसम्सा समेत प्राप्त भएको थियो । भोजनको समेत बेबस्ता गरिएको उक्त कार्यक्रम बिहान ९ बजे देखी दीउसो ४ बजे सम्म चलेको थियो । कार्यक्रम को ब्यबस्थापन सालीक राम घिमिरेले गरेका थिए । पुस्तकको प्रकाशन रमिल घिमिरेले तथा उत्पादन तथा बितरण विस्वो स्वतन्त्र संचार बनेश्वोर ले गरेको छ । कार्यक्रम को सन्चालन दुर्गा घिमिरे ले गर्नुभएको थियो साथै उक्त कार्यकरमको प्रतक्ष प्रसारण नेपाली भिजनले गरेको थियो  ।