छायांकनमा सुमनको सफलता


Date:2017-02-13
माया पिरती देखाउने दिन भ्यालेन्टाईन नजिकीदै गर्दा बाबुआमाले छोरा छारीलाई गरीएको मायाको उजागर गर्दै अष्ट्रेलियाका युबा सङीतकार किरन भण्डारीको नेतृत्वमा नयाँ युटुब च्यानल “सङीत सागर“ मर्फत नयाँ गीत “अक्षिता रानी“ सार्बजनिक भएको छ । यस अघिनै भण्डारीका काँडाघरि, भनन तिमिलाई, राफ्टिङ चडेर जस्ता एक दर्जन गीतहरु सार्बजनिक भैसकेका छन् । 
 
भर्खरै सर्बजनिक भएकोे गीत “अक्षिता रानी“ एउटी आमा जेनिशा गौतमले आफ्नो छोरी अक्षिताको लागी लेखेकी अनि गाएकी हुन् । यो गीतमा सब्द, सङीत र भाबको राम्रो मिश्रण पाईन्छ । जेनिशा गौतम को नेपाली गीत सङीतमा यो पहिलो पाईला चलाएकी हुन ।
 
यो गीत को छायांकन, सम्पादन र निर्देशन सुमन पाण्डेले गरेका छन् । सुमन केही हप्ता आघी मात्र गीतकार को रूपमा “भनन तिमिलाई कस्ले सिकायो“ गाना लिएर श्रोतासामु उपस्थित भएका थिए । साथै छायांकन र निर्देशनको क्षेत्रमा पनि उनको यो पहिलो जमर्को हो । एक पछि अर्को गर्दै सुमनले आफ्नो पहिचान बढाउदै गएका छन् । 
 
गीत सुन्न र हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :