सिनेटर श्यामको नयाँ सम्पर्क कार्यलय उद्घाटन


Date:2017-02-06
नेपाली भिजन । सिनेटर श्याम डेस्टीयारीले आफ्नो सम्पर्क कार्यलय प्यारामाटामा सारेका छन् । अष्ट्रलियन राजनीतिमा निक्कै सक्रिय र चर्चा कमाएका सिनेटर श्यामले नयाँ कार्यलयको उद्घाटन सहित बार्बीक्यू कार्यक्रम समेत सम्पन्न गरेका छन् । ५ फेब्रुअरी आईतबार दिउँसो आयोजित सो कार्यक्रम १ मरिष्ट स्ट्रीट प्यारामाटामा सम्पन्न भएको हो । 
 
एनएसडब्लु अष्ट्रेलियन लेबर पार्टि मुख्य सचिब काईला मुरनेन र क्याम्पेन एज डाईरेक्टर दि माडिगन मुख्य अतिथि रहेको सो बार्बीक्यू कार्यक्रम नेपाली समुदायका इन्द्रा बन, दीपक खड्का लगायतका व्यक्तिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा लेबर पाटीका संसदहरु, बिभिन्न समुदायका प्रतिनिधिहरु लगायत लेबर पार्टीका हेरीस भेलजी, आएसा अम्जाद समेत उपस्थिति रहेको थियो । 
 
कार्यक्रममा उपस्थित अतिथिहरुले सिनेटर श्यामलाई नयाँ सम्पर्क कार्यलय र सफल राजनीतिका लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा श्यामले प्यारामाटामा खोलीएको नयाँ कार्यलयबाट अष्ट्रेलियन जनताका लागि अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धाता गरेका छन् ।