एनएसडब्लुका मुख्यमन्त्री बार्डको राजनीतिक सन्यास


Date:2017-01-19
नेपाली भिजन । अष्ट्रेलियाको राजनीतिमा निक्कै चर्चा कमाएका न्यू साउथ वेल्सका प्रिमियर माईक बार्डले एनएसडब्लु राज्यको प्रिमियर पदबाट राजीनामा गर्दै पूणैरुपमा राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन । आज दिउँसो अर्थात १९ जनवरी २०१७ का दीन पत्रकार सम्मेलन गर्दै प्रिमियर बार्डले सन्यास लिने निर्णय गरेको बताए । 
 
आफू जीवनभर राजनीतिमा नलाग्ने प्रतिबद्धता गर्दै आएका बार्डको आकस्मिक यस्तो निर्णयले अष्ट्रेलियन जनतामा आश्च्र्य छाएको छ । उनले पारिवारीक कारण देखाएर राजनीतिमा सक्रिय हुन नसक्ने बताएका छन् । यीनले लिएको राजनीतिक सन्यस पछि अब को प्रिमियर बन्ने ? भन्ने अहिले लिबरल पाटीमा बहशको बिषय भएको छ । उनले अब बन्ने प्रिमियर ले २०१९ मा हुने निर्बाचनमा बहुमत प्राप्त गरी सरकारलाई निरन्तरता गर्न सक्ने छ भन्ने बिश्वास लिएको समेत बताए ।  
 
सन् २००७ देखि सिड्नी अवस्थिति म्यान्लीबाट निर्बाचित हुँदै आएका बार्डले यस अघि एनएसडब्लुको ट्रेजरर, ईन्फाइस्टक्चर मन्त्री लगायतका महत्वपूर्ण पदहरु समालिसकेका थिए । सन् १९६८ भिक्टोरीयमा जन्मिएका बार्डले ४८ बर्षकै उमेरमा राजनीतिबाट सन्यास लिएर उएटा उदाहरण समेत पेश गरेका छन् ।