सुमनको “भनन तिमिलाई कस्ले सिकायो”


Date:2017-01-15
नेपाली भिजन । साहित्य र संगितमा रमाउंदा रमाउंदै सिड्नी निवासी सुमन पाण्डेले गीतकारबाट आफ्नो नयाँ परिचय दिएका छन् । पण्डेको गीतलाई संगित र स्वर भर्दै भिडियोमा समेतमा उतारेर बजारमा सार्वजनिक गरीएको छ । 
 
“भनन तिमिलाई कस्ले सिकायो?” बेलको यस गीतलाई बिकाश उप्रेतीको आकर्षक र सुरिलो आवाजले गीतलाई न्याय गरेको छ भने एंजिला श्रेष्ठको गुनगुनाहटले गीतमा जादु भरेको छ । पाण्डेको यो पहिलो रचना शब्दमा सरल हुनाको साथै सकारात्मक भावनाले भरिपुर्न छ । यस गीतलाई किरण भण्डारी ले संगित दिएका छन । यो गीतको सबल पक्ष शब्द, स्वर र संगित रहेको निष्कर्ष उनिहरुको रहेको छ । 
 
म्यूजिक भिडियोमा सहित प्रस्तुत गरीएको यस गीतको भिडियो शान थापाले बनाएका छन् । भिडियोमा निराजन प्रधान र सुरुची पन्त को अभिनय रहेको छ । माया प्रेम संबन्धि शब्द रहेको यस गीतले नेपाली संगीतको क्षेत्रमा राम्रै मनोरञ्जन दिने बिश्वास लिएको छ ।
 
गीत सार्वजनिक भए पछि सोसल मिडिया, इमेल तथा फोनबाट आफन्त तथा शुभचिन्तकहरुले स्याब्यासी दिंदै आएकोले लेखन प्रति हैसला झन बढ्दै गएको गीतकार पाण्डेले बताए ।  
 
गीतको म्यूजिक भिडियो हेर्न तल क्लिक गर्नुहोस