नेपाल आमा


Date:2017-01-01
 
– तिर्थराज तिमल्सिना 
 
 
 
 
 
 
 
 
 
नेपाल आमा तिमीलाई त अब बाड्ने अरे
कसैले १० भाग त कसैले ७ भाग लगाउने रे  
दक्षिण तिरको हावाको सुस्केराले फर्फराएका तिम्रा
केही सन्तती ले त,
साइनो नै तोडी छिमेकी संंग बिस्तारा जोड्ने अरे
हेर त 
पहिला त तिमीले सबैलाई मिलाएर राखेकी थियौ
तिम्रो त्यो निस्छल माया पनि यिनीहरुलाई पक्षपात भयो रे  
त्यसैले ल त,
पुर्खाले दुःख गरेर जोडेको जायेजेथालाई
कोही ठाडो गरी चिरा परेर बाड्ने अनि 
कोही तेर्सो परेर तिमीलाई बाड्ने अरे 
 
 
अब तिम्रो प्यारा सबै सन्ततीहरुको इच्छा बिपरित 
फरक फरक नाम दिएर,
तिम्रै आगनमा नचरी लगाउने अरे 
के गछर््यौ आमा,
तिम्रो छिमेकी कति माथि पुगिसके 
कोही बिश्वलाई हाँक्दै छन् त 
कोही बिश्वमा हामी को हौ भनेर चिनाउँदै छन्
तर तिम्रा सन्तती,
फेरि आफु–आफुमा झगडा गरी 
तिम्रा प्यारो भुमिमा रगतको खोलो बगाउने अरे 
अनि ,
बिखण्डनको बिउ रोपी 
चार जात छत्तीस वर्णको साझा फुलबारीलाई 
अब टुक्रा–टुक्रा पर्ने रे 
 
 
तिम्रा सन्तानहरुलाई जातीय बिभाजन गरी 
दाजुभाईहरु बिच रगतको खोलो बगाउने रे
कसरी सहेर बस्न सकेकी आमा तिमी,
जनताको गाँस, बाँस, कपासको सुरक्षा गर्ने,
सबैलाई मिलाएर लैजान सक्ने,
राष्ट्रियता र जनताको अधिकार जोगाएर राख्न सक्ने 
शक्ति देउ आमा तिम्रा सन्ततीलाई
त्यसैले,
युगाँै–युग सम्म नेपाल आमा भनी पुकार्न पाउँ 
जय नेपाल ।।