राजनीतिक परिवर्तन भयो तर मान्छे परिवर्तन भएनन


Date:2017-01-01
(नेपाली कांग्रेसका नेता नवराज गुरुङ सँग नेपाली भिजनका सम्पादक कृष्ण गिरीले गरेको कुराकानिमा आधारीत अन्तरवार्ता) 
 
नेपालको राजनीतिमा नवराज गुरुङ्ग परिचित नाम हो । पर्वत जिल्ला क्षेत्र नं. १ अर्थात ढुरलुङ्ग गा.वि.स. वडा नं. ६ मा जन्मीएका गुरुङ्ग ज्ञान पाएर बुझ्ने हुँदा देखिनै नेपालको राजनीतिमा सक्रिय छन् । पिता चन्द्र बहादुर गुरुङ्ग समाजसेवा र राजनीतिमा सक्रिय भएकाले यीनको परिवारमा राजनीतिक परिवेश बनेको थियो । तसर्थ आफू नेपालको राजनीतिमा सक्रिय भएको एउटा कारण पारीवारिक राजनीतिक वातावरण पनि हो भन्न रुचाउँछन् ।
 
विक्रम सम्वत् २०२७ सालमा नेपाली काँग्रेसको सदस्यता लिएका गुरुङ्ग २०२९ बाट नै क्रियाशिल सदस्यत लिएर नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भएका हुन् । बि.स. २०३६ सालमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी यूनियनमा सबैभन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका यिनी २०४५ सालमा पृथ्वी नारायण क्याम्पस पोखराका निर्वाचित प्राध्यापक संघका सदस्य समेत भएर काम गरेका छन् ।
 
विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, सुवर्ण शम्सेर र कृष्ण प्रसाद भट्टराईलाई आस्थाको केन्द्र विन्दुमा राखेर नेपालको राजनीतिमा होमीएका गुरुङ्ग बि.स. २०४० देखि २०४३ सम्म नेपाल विद्यार्थी संघ, केन्द्रिय समितिको उपाध्यक्ष समेत भएर काम गरेका छन् । गुरुङ्गले बि.स. २०५८ देखि २०६७ सालसम्म पर्वत जिल्ला नेपाली काँग्रेस सभापति भएर नेतृत्वदायी जिम्मेवारी समेत समालेका हुन । सानैमा बुबा गुमाएका यिनले आफ्ना आमा र दिदिलाई प्रेरणाका रुपमा लिने गर्दछन् । आस्था र सिद्धान्तमा अडीक भएर समाजको रुपान्तरण गर्न एउटा जनजातिको छोरा भएर त्यती सजिलो अवस्थाको वातावरण नहुँदा पनि नेपाली जनताका लागि प्रजातन्त्र स्थापित गर्न गराउने क्रान्तिमा होमिएका यिनलाइ कसैले रोक्न सकेन । यिनको समर्पण, त्याग र मेहनतको कदर गर्दै प्रजातन्त्र उदय भएपछिको पहिलो निर्वाचन बि.स. २०४८ सालमा पर्वत क्षेत्र नं. १ बाट नेपाली काँग्रेसले उमेदवारको रुपमा उभ्याएको थियो । प्रखर वक्ता, सहासी र मेहनती हुँदाहुँदै पनि यिनले झिनो मतले २०४८ सालको निर्वाचन हार्नु परेको थियो । नेपाली काँग्रेसले संविधान सभाको निर्वाच बि.स. २०७० मा पर्वत क्षेत्र नं. २ बाट यिनलाई टिकट दिएको थियो । यो निर्वाचनमा पनि यिनले झिनो मतबाट पराजय भोग्नु परेको थियो । राजनीतिमा हारजीत सामान्य प्रक्रिया हुन्, आस्था, सिद्धान्त र जिम्मेवारी संधै बढ्दै गईरहन्छ तसर्थ विपी लगायतका नेताहरुले ल्याउनु भएको प्रजातान्त्रीक समाजवादलाई अंगिकार गर्दै निरन्तर त्यसका लागि लड्ने सिपाही हुने प्रेरणा आफैमा मिल्ने गरेको बताउँछन ।
 
नेपाली राजनीतिमा सिद्धान्त, अनुशासन, विश्वास र कर्तव्यको खडेरी परेको छ । नेपालमा राजनीतिक परिवर्तन भयो तर मान्छे परिवर्तन भएनन । राम्रालाई भन्दा हाम्रालाई स्थानदिने प्रथाको विकास भई रहेको छ । हिजोका हाम्रा नेताले सिकाएको बाटो बिर्सेर आजका नेता तथा युवाहरु गलत बाटो भड्कींदै छन् । यो परिवेशबाट सबैलाई निकाल्दै वर्तमान नेपालको राजनीतिक परिवेशमा नेपाली काँग्रेसले एक कदम सहिकदम चाल्नु पर्ने आवश्यकता छ । नेपाली काँग्रेसको नेतृत्वमा राष्ट्रले निकास खोजेको छ । यो कार्य प्रणालीको लागि मेरो प्रतिबद्धता र निरन्तरता रहिरहन्छ । अबको परिवेशमा जताततै च्यालेन्ज नै च्यालेन्ज छ, यस्तो च्यालेन्जलाई चिर्दै अघिबढ्न हिजोका सैद्धान्तिक अवधारणालाई अँगाल्दै कलेक्टीभ लिडरसीपको अवधारणा प्रतिपादन सबै पाटी र नेताले गर्नु पर्दछ ।
 
अष्ट्रेलियाको छोटो बसाईबाट नेपाल फर्कने क्रममा रहेका गुरुङ्गले नेपाल फर्केपछि शिक्षा र राजनीतिका क्षेत्रमा विकसीत राष्ट्रलाई हेर्दा देख्दा सिकेका कुराहरु सिकाउने बुझाउन कार्यको थालनी गर्ने प्रहण गर्दछन् । कानुनलाई सबैले मान्ने, एउटा सिष्टमलाई सबैले चल्न कोसिस गर्ने, विधिको शासन सहर्ष स्वीकार्ने, मेहनत गर्ने, सामान्यतय काम गरेर पनि घर परीवार जीवनोपार्जन गर्न सक्ने हिम्मत राख्न सक्ने वातावरण भएको र राष्ट्रले पनि त्यसको सुनिश्चितता गर्न सकेको, शिक्षा र जीवन सुरक्षा लगायतका विषयमा पूर्णरुपमा राष्ट्र जिम्मेवार बन्न सकेको आदि कुराहरुले गुरुङ्गलाई मन छोएको उनले बताए । वास्तवमा राम्रकुराको अनुसरण गर्दै सम्मुनत र समृद्धशाली नेपाल निर्माण गर्नुपर्दछ । कल्पनामा मात्र नभई वास्तविकतामा नै यो कार्य गर्न हरेक जिम्मेवार नागरीकले प्रण गर्दै शुरु गर्नुपर्छ, मेरा बाँकी जीवन यसैमा समर्पण रहने छ ।