अमेरिकाको राष्ट्रपति


Date:2016-12-27
– सतीश कोइराला
 
अमेरिकामा पुग्ने सबैको इच्छा हुन्छ । नेपालीहरुमा त डि.भि. भिसा परेमा स्वर्गको ढोका खुले जस्तो ठान्ने पनि छन् । अमेरिकामा लाखौं मानिसहरु गैरकानूनी बसोबासमा रहेका पनि छन् । त्यसमा नेपालीहरुको संख्या पनि धेरै ठूलो छ । भनिन्छ अमेरिकी राष्ट्रपतिले प्रत्यक्षरुपमा अमेरिकाको शासन गर्दैछन् तर अप्रत्यक्षरुपमा यिनको सासन धेरै थोरै जे भएपनि संसार भरिमा हुन्छ । त्यसैले अमेरिकालाई विश्वको सबभन्दा शक्तिशाली देश भनिन्छ ।
 
अमेरिकामा ४५ औं राष्ट्रपतिको चुनाव सकिएको छ । इलेक्ट्रोलियल कलेजबाट २७९ मत लिएर डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा चुनिएका छन् । प्रतिस्पर्धामा उभिएकी डेमोक््रयाटीक पार्टीकी नेतृ हिलारी क्लिन्टनले २२८ मत पाएर रिपब्लिकन उम्मेदवार ट्रम्पबाट पराजित भएकी छन् । पपुलर भोटमा हिलारी क्लिन्टनले ट्रम्प भन्दा ज्यादा मत ल्याएकी छन् । नव निर्वाचित राष्ट्रपतिले जनवरी २० तारिखमा राष्ट्रपतिको सपथ लिनेछन् ।
 
अमेरिकाका पूर्व राष्ट्रपतिहरुको जीवनीको पृष्ठभूमि हेर्दा के देखिन्छ भने कोही राष्ट्रपति राजनीतिबाट आएका थिए त कैयौँले सैनिकमा काम गरेका र कैयौँले वकिल पेशाबाट राष्ट्रपतिको दौडमा जीत हाँसिल गरेका थिए । ट्रम्पको पृष्ठभूमि व्यापारिक हो । यिनले अर्थ शास्त्रमा स्नातक गरेका छन् । अरु राष्ट्रपति जस्तो उनको कानुनी पृष्ठभूमि छैन, न त उनीसँग सैनिक पृष्ठभूमि नै छ । नत प्रशासनिक अनुभव नै छ । नत राजनीतिक पृष्ठभूमि नै छ, उनीसँग ।
 
सायद अमेरिकामा ७० वर्षको उमेरमा राष्ट्रपति हुने यिनी पहिलो व्यक्ति होलान् । दुई नारीसँग पारपाचुके गरेपछि हाल यिनी तेश्रो श्रीमतिसँग बस्दछन् । यनका पाँच छोरा छोरी र ८ नाति नातीना छन् । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसलाई पूर्व मोडेल र नग्नचित्र छाप्न दिएको भनिएकी राष्ट्रपतिको श्रीमती मेलानियाले जनवरी २० देखि दैनिक गृहस्थ संचालन गर्ने छिन् त्यस भवनमा ।
 
अमेरिकी राष्ट्रपतिको चुनाव प्रचार करिब दुई वर्ष अघि देखि भएको थियो । प्रचार क्रममा धेरैको अनुमान थियो, डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले राष्ट्रपति चुनावमा सजिलै जित्ने छन् । अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्सले त हिलारी क्लिन्टनको जीत निश्चित जस्तो नै गरेको थियो । त्यस्तै अन्य छापाहरुले पनि हिलारीले जित्ने सम्भावना आँैल्याएका थिए । । यस सम्भावनाका कारणहरु थियो । ट्रम्पमा प्रशासनिक, सैनिक, कानूनी क्षेत्रका अनुभवको कमीसँगै उनको अनुदार, रुख्खो व्यवहार, नारी प्रति नकारात्मक सोच र उनीहरु प्रति अपशब्दको प्रयोग आदिले गर्दा मत दाताको रुची हिलारी प्रति हुनेछ भन्ने सोचलाई मतदान परिणामले उल्टो सावित ग¥यो । रिपब्लिकनका उम्मेदवार डोनाल्ड ट्रम्पको राष्ट्रपतिको विजय किन अप्रत्यासित रुपमा आयो ।
 
यसका कारण के के हुन् त्यसलाई केलाउन केही समय लाग्ने छ । उनको विजयपछि पनि अमेरिकामा नै ट्रम्प विरोधी प्रदर्शन भएका छन् । हिलारीको हारको कारण हुन सक्दछ, हिलारी गाउँका मतदाताहरुको भोटमा आफ्ना बाहुल्य जमाउन असफल भइन । अमेरिकी एफ.बि.आई.ले क्लिन्टन माथि लगाइएको इमेल काण्डलाई चुनावको दुई–तीन दिन अघि मात्र क्लिन्टन सो काण्डमा दोषि छैनन् भनेर प्रमाणित ग¥यो । तर अमेरिकामा मत दिने दिनभन्दा पहिले पनि मत हाल्न पाइन्छ । क्लिन्टनले सफाइ पाउनु भन्दा पहिले नै कैयौँ मतदाताहरुले मत दिइसकेका थिए । पहिलो नारी राष्ट्रपति हुने सम्भावनालाई उनीले जोडका साथ प्रचार गर्न पनि सकिनन् । रिपब्लिकनका कैयौँ नेताहरु नै ट्रम्पको विरोधमा उत्रिए जसले गर्दा कसलाई मत गर्ने  प्रष्ट नभइसकेका राज्यलाई तान्यो र ट्रम्पलाई सहानुभूति भोट दिए । सायद अमेरिकीहरु अझै नारीले देश हाँक्न सक्दैन भन्ने सोचेका कारणले पनि क्लिन्टनको हार भएको हुन सक्दछ ।
 
ट्रम्पको राष्ट्रपतिमा विजयपछि सबैतिर अब संसारमा अमेरिकी नीति कस्तो हुनेछ भनेर आश्चर्य र अन्यौल छाएको छ । उनीले आफ्ना चुनावी प्रचारमा अमेरिका र मेक्सिको बिच पर्खाल लगाउने, पेरिसमा भएको जलवायु सम्झौता नमान्ने, ओबामाले ल्याएको स्वास्थ्य बिमालाई पुनरावलोकन गर्ने, इस्लामिक धर्म प्रति असन्तुलनता, हाल देखिएका कर सम्बन्धी नयाँ नियमहरु खारेज गरेर र कर्पाेरेटमा कटौती गरी अमेरिकालाई नयाँ अर्थतान्त्रिक मुलुकमा दर्जा दिने वाचा गरेका छन् । यसै गरी उनीले अध्यागमन कडा गर्ने, अमेरिकाले इरानसँग गरेको सम्झौतासँग पनि आफ्नो असन्तुष्टि प्रकट गरेका छन् । विदेशीएको अमेरिकी सम्पत्तिलाई आफ्नो देशमा फर्काइ, अरु कलकारखाना खोली नयाँ रोजगारी सिर्जना गर्ने अभिव्यक्ति पनि चुनावी प्रचारमा गरिएको थियो ।
 
दोश्रो विश्व युद्धपछि जापानको सुरक्षा मामला अमेरिकीहरुले गर्दछन् । चुनावी प्रचारमा ट्रम्पले भनेका छन् । उनले जिते जापानको सुरक्षामा लाग्ने खर्च जापानले नै व्यहोर्नु पर्दछ । जापानले सुरक्षा खर्च नब्यहोरे अमेरिकाको सैनिक जापानबाट फिर्ता बोलाइनेछ । अमेरिकी निर्वाचित राष्ट्रपतिले आफ्नो चुनावी प्रचारमा वाचा गरेका सबै वचन लागु गरेमा हालको विश्व राजनीतिमा एउटा ठूलो खैलाबैला नै आउँन सक्दछ । नेटोमा हुने खर्च युरोपेलिले आफै व्यहर्नु पर्नेछ भन्ने निर्वाचित राष्ट्रपतिको भनाइबाट युरोपका देशहरु चिन्तित छन् । ट्रम्प चीन प्रति सांकेतिक रुपमा खुशि छैनन् । उनको सोच छ चीनमा अमेरिकीहरुको लगानीले अमेरिकीहरुको रोजगारी खोसिएको छ । जसले गर्दा अमेरिकी अर्थतन्त्र नकारात्मक भएको छ । ट्रम्पको रसियाका राष्ट्रपतिसँग निकटतम रहेको भन्दै रुसका राष्ट्रपतिलाई टेलिफोनिक संवाद पनि गरेका थिए यिनले । ट्रम्पको मुसलमान प्रतिको नकारात्मक धारणाले अमेरिका र अन्य स्थानमा बस्ने इस्लामिक यो चुनावी परिणामबाट त्रसित छन् । राष्ट्रपतिको कार्यभार सम्हालेपछि मुस्लिम प्रति ट्रम्पले यस्तै धारणाबाट प्रेरित भइ उनीले केही कार्य गरे भने इस्लामिक धर्मवलम्बीहरु उत्तेजित हुने छन् । फेरि सेप्टेम्बर ११ जस्तो काण्ड हुन पनि सक्दछ । ट्रम्पले अमेरिका र प्रशासन्त महासागरका देश बिच गरेको व्यापार सम्झौता रद्ध गर्ने भनेकाले जर्मनी जस्तो देशमा एउटा हलचल ल्याएको छ । 
 
संसार भरिनै चुनावि प्रचार र निर्वाचन पछि आफ्नो जीतपछि कार्य भार सम्हाले पछिका व्यवहार र योजनामा परिवर्तन आएको पाइन्छ  संसारका सबवै जसो राजनेताहरुमा । ट्रम्पले आपूmले आफैप्रति विश्लेषण गरेर आफ्नो कमी कमजोरी र भनाई सच्याइ काम गर्न सके उनी सबै अमेरिकाको राष्ट्रपति मात्र होइन विश्वकै एउटा महानउदारहण हुन सक्दछन् । यदि उनको सोच, विचारमा सालिनता आएन भने सबैले एउटा ठूलो मूल्य चुकाउनु पर्दैन भन्न सकिन्न ।