अष्ट्रेलियाबाट प्रिथक सांगीतिक् कोसेली बजारमा आउँदै


Date:2016-12-10
राम रुवाली – नेपाली गीत संगीत का पारखीहरुलाई खुशी को खबर । "तिमी फुल बगैचाको म रस खोजी हिंड्ने भमरा" बोल को बिल्कुलै नयाँ र नौलो प्रयासको रोमान्टीक नेपाली गीत अब केही दिनमै बजारमा आउँदैछ ।   
निकै लामो समयदेखी अष्ट्रेलियाको सिड्नीमा बस्दै अाइरहेका संगीतकर्मीहरुको संयुक्त प्रयासमा यो अर्को एउटा बिल्कुलै नयाँ गीत सँगीतको  म्युजिक भिडियो आउने भएको छ ।
 
अष्ट्रेलियाको ब्यस्त जिबनयापनमा पनि आफुलाई सामुदायिक गतिबिधीमा अग्रसर गर्दै अाइरहेका समाजसेवी, मिडिया कर्मी तथा गीतकार राम रुवालीको शब्द रहेको यस गीतलाई नेपाली सांगीतिक् क्षेत्रमा निकै लामो समय काम गरी सकेका र अष्ट्रेलियाबाट सबै भन्दा बढी संगीत भरेका गायक तथा संगीतकार किरण भण्डारीले संगीत भरेका छन साथै संगीत संयोजन पनि उनै भण्डारीको रहेको छ भने  सानै उमेर देखी गायनमा रुची राख्नने र सबै बिधाको गीत संगीत गाउन खप्पिस युवा गायक बिकास उप्रेतीको सुमधुर स्वर रहेको छ ।
 
केही दिन अघी मात्र नेपालमा सुटिङ सम्पन्न भएको यस् म्युजिक भिडियोको अहिले पोस्ट प्रोड्क्सनको काम भईरहेको निर्देशक मनोज बिष्टले बताए । म्युजिक जोए मिडिया र डाइनामिक मिडिया प्रोडक्सन एण्ड डिस्ट्रीब्यूसन सर्भिसको संयुक्त ब्यानरमा रहेको उक्त म्युजिक भिडियोमा मनोज बिष्टको निर्देशन रहेको छ भने पुष्प र नम्रताको बेजोड अभिनय रहेको छ । ज्ञानेद्र शर्मा को छायान्कान रहेको उक्त म्युजिक भिडियो टेकेन्द्र शाहले सम्पादन गर्ने छन। 
 
आफ्नो काम लाई अझ स्तरिय बनाउनकै लागि गायक बिकास उप्रेती नेपाल गएका छन र सम्पूर्ण अडियो भिडियोका कामहारुलाई आफ्नो उपस्थिती जनाएर मेहनत गरेका छन । अर्को तर्फ आफुलाई सबै किसिमको गीत संगीत मा संगीत भर्न र संगीत सम्योजन गर्न रुचाउने संगीतकार किरण भण्डारी भने उक्त म्युजिक भिडियो हेर्न आतुर छन ।
 
सिड्नीमा धेरै अरु गायक गायिकाहरुलाई आफ्नो संगीतमा गाउन लगाइ सकेका उनी यो गीत भने अली प्रिथक रहेको दाबी गर्छन् । अन्त्यमा हामी नेपालीहरु जहाँ जसरी रहे पनि नेपाली गीत संगीतलाई पक्कै माया गर्रौं भन्ने हार्दिक अनुरोध अष्ट्रेलियाबासी तिनै नेपाली गीत संगीतकर्मीहरुको रहेको छ ।