साहित्यकार घिमिरेको गौतम बुद्धको शहर मार्चमा उपलभ्द हुने


Date:2016-12-11
नेपाली भिजन ।  अस्ट्रेलियामा नेपाली कला संगित तथा साहित्यको बिकासको क्रम पछील्लो समयमा निक्कै बढ्न थालेको छ । प्रबासमा रहेर पनि निरन्तर साहित्यमा कलम चलाएर नेपाली साहित्यमा प्रतक्ष योगदान पुर्याइरहेका युवा साहित्यकार राजेश्वोर घिमिरेको तेस्रो कृति लघु उपन्न्यास गौतम बुद्धको शहर नयाँ बर्ष २०१७ को कोसेलिको रुपमा बजारमा आउनेभएको छ ।
 
२०१७ फेब्रुअरी २५  मा उक्त  पुस्तक नेपालबाट बिमोचित हुनेभएको जानकारी लेखक घिमिरे ले हामीलाई जानकारी गराएका हुन । माटो , मित्र ता र प्रेमामा आधारित उक्त लघु उपन्यास युबा पाठकहरु लाई लक्षित गरी लेखिएको समसामाहिक र यथर्थपरक रहेको घिमिरेले जानकारी दिएका छन । पुस्तक अष्ट्रेलियाको लागि मूल्य $ १० मा २०१७ को मार्च महिनामा उपलभ्द हुनेछ  ।