परराष्ट्रमन्त्री डा. महतको सम्मानमा एनपिसीसीएको रात्रिभोज


Date:2016-11-29
सिड्नी, नेपाली भिजन । माननिय परराष्ट्रमन्त्री डा. प्रकास सरण महतको सम्मानमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले रात्रिभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । २५ नोभेम्बर, २०१६ शुक्रबार साँझ हेरीसपार्क, सिड्नीमा आयोजना गरीएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भई नेपाली समुदायका प्रतिनिधिहरुलाई डा. महतले सम्बोधन गर्नुभएको थियो । 
 
एउटा अविस्मरणिय र उपलब्धिमुलक भ्रमण भएकोमा आयोजक तथा व्यवस्थापकहरुलाई डा. महतले धन्यवाद ज्ञापन गर्नुभएको थियो । अघिल्लोदिन मात्र उच्चस्तरीय भेटघाट गरी क्यानवेराबाट फर्कनुभएका डा. महतले भेटघाटमा भएका कुराहरुको जानकारी गराउनु भएको थियो । डा. महतले नेपालको राजनैतिक परिस्थितिका बारेमा जानकारी दिंदै बिना जोखिमको कुनै पनि व्यवसाय हुँदैन, सामुहिक लगानीगर्न अग्रसर हुन सबै एनआरएनहरुलाई अनुरोध गर्नुभएको थियो । 
 
एनपिसीसीए (नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया) का अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा गिरीले डा. महतको भ्रमण उपलब्धि मुलक बनाउन आफूहरुले सक्ने सम्मको मिहनेत गरेको बताउनु भयो । उहाँले सबै पाटीका भातृसंगठनलाई नेता र पाटिको चाकडि गर्ने प्रथाको अन्त्य गरी बीदेशमा भएका शुभेक्क्षु संस्थाहरुले आफ्नो कार्यशैलिमा परिवर्त ल्याउनु पर्ने अनुरोध गर्नुभयो । डा. महतको करिब एक दर्जन भन्दा बढि मन्त्री र छाया मन्त्री संगको भेटघाटले नेपाली समुदायको प्रतिष्ठा उच्च बनाएको उहाँले बताउनु भयो । गिरीले भ्रमण तथा कार्यक्रम सफल पार्न सहयोग गर्नेहरुलाई धन्यवाद दिनुभएको थिए । 
 
बिशेष अतिथिकारुपमा उपस्थित भएका सिनेटर श्याम डेस्टियारीले डा. महतलाई अष्ट्रेलिया भ्रमण गरेकोमा धन्यबाद ज्ञापन गर्नुभएको थियो । साथै दूईपक्षीय भेटघाट मिलाउन अर्थपूर्ण भूमिका खेलेकोमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष गिरीलाई समेत धन्यबाद दिनुभएको थियो । 
 
कार्यक्रममा कार्यबहक राजदूत राजेन्द्र पाण्डेको, नेपाली कांग्रेसका नेता नवराज गुरुङ अतिथिकारुपमा उपस्थित हुनुभएको थियो । संम्बोधन गर्ने क्रममा गुरुङले एकता नै शक्ति हो, एकताबाट नै सफलता मिल्दछ भन्ने बिचार राख्नु भएको थियो । गुरुङ कार्यक्रममा उपस्थित हुन पुनः नेपालबाट आउनु भएको थियो ।  
 
डा. महतको सम्मानमा आयोजना गरीएको सो कार्यक्रममा भिक्टोरीया राज्यका लागि अवैतनिक महाबाणिज्यदूत चन्द्र योन्जन, एनआरएनए आईसीसी संरक्षक इन्द्रा बन, एनआरएनए उपाध्यक्ष कुमार पन्तले अ–आफ्ना बिचारहरु राख्नु भएको थियो । उहाँहरुले भेटघाट अवसर प्रदान गरेकोमा आयोजक संस्थालाई धन्यवाद समेत दिनुभएको थियो । 
 
रिनु महर्जनले संचालन गरेको सो कार्यक्रममा जनसम्पर्कका सन्तोश सिटौलाले स्वागत मन्तब्य राख्नु भएको थियो । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका आईटि संयोजक सुदिप कार्कीले "ई गभर्रनेन्स" का बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्यपत्रलाई कार्की र जनसम्पर्क समितिका अध्यक्ष गिरीले सोहि कार्यक्रममा डा. महतलाई हस्तान्तरण गर्नुभएको थियो । 
 
कार्यक्रममा मन्त्री डा. महतको स्वागतमा रितु आलेले नृत्य प्रस्तुत गर्नुभएको थियो भने उपस्थित सहभागिहरुलाई रात्रिभोजको समेत व्यवस्था गरीएको थियो । कार्यक्रममा नेपाल बाट आएका भ्रमण टोली, नेपाली समुदायका संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया कार्यसमितिका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुको उपस्थिति रहेको थियो । साँझ ६ः०० बजे बाट सुरु भएको सो कार्यक्रम राति १०ः३० बजे सम्म संचालन भएको थियो । एनपिसीसी अष्ट्रेलियाको बिशेष अनुरोधमा अष्ट्रेलियाको उच्च स्तरिय भ्रमण गर्नुभएका डा. महतको भ्रमण ऐतिहासीक भएको निश्कर्ष आयोजक संस्थाले निकालेको जनाएको छ । 
 
कार्यक्रमका केहि तस्विरहरु: