परराष्ट्रमन्त्री आज अष्ट्रेलिया आउंदै


Date:2016-11-23
नेपाली भिजन, सिड्नी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य, नेपाली राजनीतिमा प्रभावशालि नेता तथा परराष्ट्रमन्त्री माननिय डा. प्रकाश सरण महतले आजबाट अष्ट्रेलिया को भ्रमण गर्नु हुने भएको छ । माननिय डा. महत आज दिउँसो ६ बजे सिड्नीमा अवतरण गर्ने तयारी रहेको छ ।
 
उहाँलाई महाबाणिज्यदूत दीपक खड्का, नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरी, एनआरएनए अष्ट्रेलियाका कार्यबहाक अध्यक्ष दीनेश पोखरेल लगायतको टोलीहरुले सिड्नी एरपोटमा स्वागत गर्ने तयारी रहेको छ । 
 
डा. महतले अष्ट्रेलियाको भ्रमणमा अष्ट्रेलियन सरकारका उच्च पदाधिकारीहरु संग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
 
अष्ट्रेलियन परराष्ट्र मन्त्रि माननिय जुली बिशब, बिपक्षी दलका नेता बिल सर्टन उप नेता तानिया पिल्बरसेक, परराष्ट्र छाया मन्त्री पेनी वाङ्ग लगायत एक दर्जन भन्दा बढी मन्त्री र स्याडो मन्त्रीहरु भेट्ने कार्यक्रम रहेको छ ।
 
भेटका अवसरमा दूईपक्षीय संबन्ध, अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरुका बिषय लगायतमा डा. महतले कुराकानी गर्नुहुने बुझिएको छ । 
 
भ्रमण अवधिमा नै २६ नोभेम्बर सिड्नीमा हुने नेपाल महोत्सवमा प्रमुख अतिथिकारुपमा उपस्थित भई औपचरीक कार्यक्रममा माननिय डा. महतले नेपालीहरुलाई सम्बोधन गर्नु हुने जनाईएको छ । माननिय डा. महतको यस भ्रमणले दूई देश बिचको सम्बन्धमा थप सुधार गर्दै सकरात्मक कार्यमा टेवा पुग्ने कुरा करीब दूईमहिना भन्दा बढि समय देखि भ्रमणको तयारीमा जुटेका नेपाली समुदायका अग्रजहरुले बताएका छन ।
 
डा. महतले अष्ट्रेलियाका भूतपूर्व प्रधानमन्त्रि बब कार लाई समेत भेट्नुहुने भएको छ ।